MENU

यो पनि समाचार

सर्पले बाटो छेकेर मोटरसाइकलमा बसेपछि !

हेमराज शर्मा/उज्यालाे ।

दाङ, चैत २८ - सल्यानको कपुरकोटमा मोटरसाइकलमा सर्प बसेपछि नाग देवता भन्दै पूजा र दर्शन गर्नेहरुको घुईंचो लागेको छ ।

मंगलबार बेलुकी ७ बजेतिर मोटरसाइकलमा कपुरकोटबाट पाखापानी जाँदा बाटोमा सर्पले बाटो छेकेको र रोकेर झरेपछि सर्प मोटरसाइकलमा बसेको पाखापानीका खिमेन्द्र सेनले बताउनुभयो । 

सर्पले बाटो छेकेपछि मोटरसाइकल रोकेर आफूले अरुलाई बोलाएको सेनको भनाई छ । सेनले खबर गरेपछि रेडियो कपुरकोटका स्टेशन मेनेजर सन्तोष घर्ती र कपुरकोट बजार व्यवस्थापन समितीका अध्यक्ष रुपक बुढा त्यहाँ पुगेका थिए । शुरुमा यस घटनालाई सामान्य रुपमा लिइएको थियो । 

त्यसपछि सर्प सेनको ग ८ प ६८२९ नम्बरको मोटरसाइकलमाथि गयो र फेरि झ¥यो । त्यसपछि केही पर रोकिराखेको बजार व्यवस्थापन समितीका अध्यक्ष बुढाको रा ३ प २४११ नम्बरको मोटरसाइकलको सिटमुनी गएर बसेको छ । 

मोटरसाइकलमा बसेको सर्प हेर्न र पूजा गर्न अहिले पनि त्यहाँ घुईंचो लागेको स्थानीय डिलबहादुर बुढाथोकीले बताउनुभयो ।

तस्बिर : शंकर केसी

 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया