MENU

मनोरञ्जन

ujyaalo forign call inside

​मिस नेपाल २०१८ को ताज शृङ्खलालाई

काठमाडौं, चैत २९ – मिस नेपाल २०१८ को उपाधि शृङ्खला खतिवडाले जितेकी छन् । काठमाडौमा बुधबार राति भएको प्रतियोगिताको फाइनलमा निर्णायकको अन्तिम प्रश्नको जवाफ दिदैं खतिवडाले मिस नेपालको ताज पहिरिएकी हुन् ।

उनलाई मिस नेपाल २०१७ निकिता चाण्डकले ताज पहिर्‍याइदिएकी थिइन् । उनले पुल्चोक इन्जिनियरिङ कलेजमा आर्किटेक्चर पढेकी हुन् । शृङ्खला एमाले नेता तथा सांसद बिरोध खतिवडाकी छोरी हुन् ।

उनले मिस नेपालसहित पपुलर च्वाइस र मिस फ्यासिनोको पनि उपाधि जितिन् । यस्तै, मिस नेपाल यूनिभर्स र मिस ग्ल्यामरको उपाधि गोरखाकी मनिता देवकोटाले जितिन् । मिस नेपाल अर्थको ताज जितेकी काठमाडौंकी प्रिया सिग्देलले मिस ब्यूटी विथ परपसको पनि उपाधि हात पारिन् ।

मिस नेपाल इण्टरनेशनल र मिस ट्यालेन्ट काठमाडौंकै रोनाली अमात्य चुनिइन् । मिस कन्फिडेन्स भक्तपुरकी आस्था शाख  भइन् । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया