MENU

साहित्य/ कला

ujyaalo forign call inside

​साहित्य यात्रा सगरमाथा सँगसँगै : सगरमाथा हेर्दै रचना वाचन

शिव  ढुंगाना/उज्यालो ।

ओखलढुंगा, चैत २९– नयाँ वर्षको पूर्व सन्ध्यामा नयाँ वर्ष मनाउनेहरुका विभिन्न कार्यक्रमका सूची तयारी भैसके । घुमफिर, भेटघाट, वनभोज, सांस्कृतिक कार्यक्रमको आयोजनाजस्ता कार्यक्रममा नेपालीहरु व्यस्त हुन्छन् ।

ओखलढुंगेली लेखक तथा सर्जकहरुले भने ०७५ सालको नयाँ वर्षमा दुई खाले साहित्यिक स्वाद चखाउने भएका छन् । प्रगतिशील लेखक संघले समुद्र सतहीबाट ३ हजार मिटर उचाइमा रहेको पत्तालेमा रहेको गौरीटापमा खुल्ला कविता तथा गजल प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगितामा राष्ट्रिय स्तरका कवि तथा गजलकारहरुल श्रोता तथा पाठकहरुलाई नयाँ वर्षमा नयाँ सिर्जनाको स्वाद चखाउने भएका हुन् । 

कार्यक्रम स्थलबाट महालंगुर हिमश्रृङ्खला सहज रुपमा देख्न सकिने भएकाले कार्यक्रमको नाम नै साहित्ययात्रा सगरमाथा सँगसँगै भन्ने अभियान सुरु गरिएको सर्जक तथा कार्यक्रमका प्रमुख व्यवस्थापक सिताराम गुरुङले जानकारी दिनुभयो । 

साहित्य यात्राले सर्जकहरुको भेला, अन्तरक्रिया र विचार विर्मशले नेपाली साहित्यको लेख प्रवृत्तिको समीक्षा हुने प्रगतिशील लेखक संघ, ओखलढुंगाका अध्यक्ष युवराज दाहालले बताउनुभयो । सगरमाथा हेरेर साहित्यका विभिन्न विधाको रसस्वादन गर्न पत्तालेको यात्राबाट र पर्यटकीय स्थलको प्रचार हुने आयोजकको अपेक्षा रहेको छ । 

सोलुखुम्बु र ओखलढुंगाको सीमामा रहेको पर्यटकीय स्थलमा हुने साहित्यिक कार्यक्रममा दुई जिल्लाका जनप्रतिनिधिसमेत सहभागी हुने कार्यक्रम रहेको छ । जनप्रतिनिधिलाई सहभागी गराएर साहित्यको विकासमा स्थानीय सरकारमाझ योगदान पुर्याउन आह्वान गरिने प्रगतिशील लेखक संघले जनाएको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया