MENU

खेल

​आईपीएल : हैदरावादको लगातार दोस्रो जित

चैत ३० – साविक विजेता मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिगमा लगातार दोस्रो हार व्यहोरेको छ । गएराति भएको खेलमा मुम्बई सनराइजर्स हैदरावादसँग १ विकेटले पराजित भयो । प्रतियोगितामा हैदरावादको लगातार दोस्रो जित हो ।

हैदरावादको मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४७ रन बनाएको थियो । उसका लागि शूर्यकुमार यादव र कायरन पोलार्डले समान २८–२८ रन बनाए । यस्तै इभिन लुइसले २९ रन बनाउँदा कुर्नाल पाण्डेले १५ र कप्तान रोहित शर्माले ११ रन जोडे । उसका बाँकी खेलाडीले दोहोरो अंक छुन सकेनन ।

जवाफमा हैदरावादले २० ओभरमा एक विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । बलियो सुरुवात गरेको हैदरावादको मिडिलअडरका खेलाडीबीच राम्रो साझेदारी हुन सकेन । ६५ रनमा पहिलो विकेट गुमाएको हैदरावादको जितमा शिखर धवनले ४५ तथा दिपक हुडाले ३२ रन बनाए । यस्तै रिद्दमान शाहले २२ तथा युसुफ पठानले १४ रनको योगदान गरे ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • एन्फाको चुनाव वैशाख २२ गते हुने

    काठमाडौं, वैशाख ८ – अखिल नेपाल फुटबल संघ एन्फाको चुनाव वैशाख २२ गते शनिबार काठमाडौंमा हुने भएको छ । एन्फाको निर्वाचन समितिले आइतबार चुनावको मिति तोकेको हो ।

  • जापानमा सम्पन्न तेक्वान्दोमा नेपाललाई तीन स्वर्ण

    वैशाख ९ – जापानमा सम्पन्न १६ औँ डब्ल्यूएटीए ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसीपमा नेपालले तीन वटा स्वर्ण पदक जितेको छ ।

  • दक्षिण एशियाली जुडोमा भारतको बर्चश्व

    वैशाख ९ – आठौं दक्षिण एशियाली जुडो प्रतियोगितामा दक्षिण एशियाली महारथी भारतले एकछत्र बर्चश्व कायम गरेको छ ।

  • नेपाली तेक्वान्दोकाे विवाद उत्कर्षमा

    काठमाडौं, वैशाख ९ – खेलकुद ऐन र अन्तर्राष्ट्रिय मान्यता लत्याउँदै राष्ट्रिय खेलकुद परिषदले तेक्वान्दोका दुई संघलाई राष्ट्रिय मान्यता दिएका कारण सुरु भएको नेपाली तेक्वान्दोको विवाद उत्कर्षमा पुगेको छ ।

  • ​स्वारेजलाई फापेको बार्सिलोना

    वैशाख ९ – आइतबार राति भएको कोपा डेल रे को फाइनलमा सेभियाविरुद्ध बार्सिलोनाले गरेको ५ मध्ये २ गोल गरेका स्पेनिस क्लब बार्सिलोनाका स्टार स्ट्राइकर लुइस स्वारेजले सन् २०१४ मा बार्सिलोनामा आवद्ध भएपछि बार्सिलोना फाइनलमा पुगेको सबै खेलहरुमा गोल गरेका छन् ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया