MENU

राजनीति

ujyaalo forign call inside

प्रधानमन्त्री ओलीको प्रमुख आतिथ्यतामा कर्णाली प्रदेशको मन्त्रिपरिषद बैठक रारामा बस्दै

सुर्खेत, चैत ३० – कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठक शुक्रबार मुगुको रारामा बस्दैछ । बैठक शुक्रबार अपरान्ह ४ बजेका लागि रारामा बस्ने तय गरिएको सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिनुभयो ।

 

भोलि प्रदेश सरकारको आयोजनामा कर्णाली रारा पर्यटन वर्ष २०७५ को उद्घाटनका लागि कर्णाली प्रदेशका मुख्यमन्त्रीसहित मन्त्रीहरु रारा पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली पर्यटन वर्षको उद्घाटनका लागि आज रारा आउँदैहुनुहुन्छ । 

यसै अवसर पारेर प्रधानमन्त्री ओलीको प्रमुख आतिथ्यतामा बैठक बस्ने तय गरिएको हो ।  मन्त्रिपरिषदको बैठकमा कर्णाली प्रदेशसंग जोडिएका समृद्धिका विषयमा र राष्ट्रिय महत्वका योजनाका बारेमा छलफल हुने मन्त्री रावलले जानकारी दिनुभयो । 

यस्तै बैठकमा कर्णाली प्रदेशको उत्तरी नाका जोड्ने मुगुको नाक्चे लाग्ना, हुम्लाको हिल्सा, डोल्पाको नाका खोल्ने विषयमा पनि छलफल गरिने उहाँले जानकारी दिनुभयो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया