MENU

खेल

ujyaalo forign call inside

धमलाको हमलामा धनगढीले काठमाडौंलाई दियो १ सय ८२ रनको लक्ष्य

कैलाली, चैत ३० – धनगढी प्रिमियर लिगको फाइनलमा साविक विजेता टिम चौराहाले काठमाडौं गोल्डेन्सलाई एक सय ८२ रनको  लक्ष्य दिएको छ ।

कैलालीकाे नेपाल प्रहरीको मैदानमा टस जितेर ब्याटिङ गरेको धनगढीले २० ओभरमा चार विकेट गुमाउँदै एक सय ८१ रन बनायो ।

सुरुवात भने राम्रो गर्न नसकेको धनगढीले १२ रन हुँदा राम्रो फर्ममा नभएको विदेशी खेलाडी अस्फाक अहमदलाई ४ रनमा गुमायो ।

प्याराफिट खचाखच भरिएपछि धेरै दर्शकले प्रत्यक्ष खेल हेर्न टिकट पाएका थिएनन् । सात हजार दर्शक क्षमताको अस्थाई प्याराफिट खेल सुरु हुनासाथ भरिएको थियो ।

घरेलु दर्शक माझ धनगढी निकै राम्रो ब्याटिङ गर्यो । दोस्रो विकेटका लागि सुनिल धमला र रोहन मुस्तफाले एक सय ४२ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितीमा पुर्याए ।

डीपीएलमा यी दुई खेलाडीको यो साझेदारी अहिलेसम्मकै उच्च हो । चौराहाको स्कोर एक सय ५४ रन हुँदा दोस्रो विकेट झर्यो ।

रोहन मुस्तफाले ४२ बलमा ६० रन बनाए । प्रतियोगितामा पहिलो अर्धसतक बनाउने क्रममा रोहनले चार चौका र चार छक्का प्रहार गरे ।

तर त्यसको लगत्तै क्रिजमा आएका सोनु तामाङ पनि आउट भएपछि चौराहाले एक सय ५५ रनमा तेस्रो विकेट गुमायो ।

जारी प्रतियोगितामा रोहन सर्वाधिक रन बनाउने खेलाडीको सुचिमा तेस्रो स्थानमा रहे । चौराहालाई बलियो लक्ष्यतर्फ अगाडी बढाउन सुनिल धमलाले ७८ रन बनाए । उनले ६३ बलमा आठ चौका र तीन छक्का प्रहार गरे ।

बलिङतर्फ काठमाडौंका लागि सुबोध भाटीले दुई विकेट लिए । त्यस्तै बिहीबार महेन्द्रनगर युनाइटेड सँगको खेलमा ६ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरेका सन्नी पटेलले १ विकेट लिए ।  काठमाडौं गोल्डेन्सल अतिरिक्त ३१ रन दिएको थियो ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया