MENU

अन्तर्राष्ट्रिय

ujyaalo forign call inside

पाकिस्तानी पूर्वप्रधानमन्त्री सरिफको राजनैतिक यात्रा समाप्त, आजीवन चुनाव लड्न नपाउने

चैत ३० – पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफले आजीवन चुनावमा भाग लिन नपाउने हुने भएको छ । पाकिस्तानको सर्वोच्च अदालतले उहाँलाई जीवनभरी चुनाव लड्न अयोग्य हुने फैसला शुक्रबार सुनाएको हो । 

पाकिस्तानी संविधानको धारा ६२ अनुसार उहाँलाई त्यस्तो फैसला सुनाइएको अदालतले स्पष्ट पारेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । यो फैसलासँगै पूर्वप्रधानमन्त्री सरिफको प्रत्यक्ष राजनीतिक यात्रा अन्त्य भएको छ । यस विषयमा सरिफको प्रतिक्रिया भने आइसकेको छैन । 

भ्रष्टाचारको आरोप लागेपछि उहाँले गत वर्ष सन् २०१७ को २८ जुलाईमा प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएको थियो । 

उहाँ झण्डै चार वर्षअघि तेस्रोपटक पाकिस्तानको प्रधानमन्त्री बन्नुभएको थियो । प्रधानमन्त्री पदको सपथ लिइरहँदा ६७ वर्षीय सरिफले ‘भ्रष्टाचारप्रति शून्य सहनशीलता’ अपनाउने वाचा गर्नुभएको थियो । -रासस

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया