MENU

विचार/अनुभूति

ujyaalo forign call inside

धुलो र प्रदुषणको बेला आँखालाई कसरी जोगाउने ?

-डा.अरुण ढुङ्गाना

काठमाडौंमा अहिले धुवाँ धुलोसँगै तापक्रम पनि बढिरहेको छ । धुवाँ धुलो तथा उच्च तापक्रमले आँखालाई झन् बढी असर पुर्‍याउने । धुलोले आँखामा मासु पलाउने, इन्फेक्सन गराउने हुन्छ । सूर्यको हानिकारक किरण र धुलोले आँखाको ढकनीको छेउमा बसेर आँसु निकाल्ने ग्रन्थीको काम प्रभावित पारेको हुन सक्छ । धुलोका कारण आँखामा मासु पलाउने समस्या पनि देखा पर्छ । यो समस्या धेरै मानिसमा देखा पर्ने गरेको छ ।

धुलो र प्रदुषणले गर्दा आँखाको एलर्जी अहिले धेरैको समस्या भएको छ । हरेक दिन आँखालाई तीन–चारपटक धुने गर्नुपर्छ । हिजो आज धेरै इलेक्ट्रोनिक डिभाइसको प्रयोग बढेको छ । सकेसम्म यस्ता खालका साधनहरुको कम प्रयोग गर्ने गर्नुपर्छ । लगातार लामो समयसम्म ल्यापटप, कम्प्युटरमा बस्नै पर्याे भने बेलाबेलामा बाहिर हेर्ने, हरियो वस्तुमा हेर्न गर्नुपर्छ । आँखालाई आराम पनि दिनु पर्छ साथै एक्सरसाइज पनि गर्नुपर्छ । जसले गर्दा आँखाको सुख्खापन कम हुन्छ । हरियो सागपात धेरै मात्रामा खाइयो भने पनि केही हदसम्म राहत मिल्छ ।

धुलो आँखामा टाँसिदा आँखा चिलाउने, आँखा पोल्ने, रातो हुने कचेरा निस्कने समस्या हुन्छ । धुलोबाट आँखालाई बचाउन चस्मा लगाउनुपर्छ । घरबाट बाहिर निस्कँदा चस्मा अनिवार्य रुपमा लगाउनुपर्छ । सनग्लास लगाउँदा पनि आँखालाई बचाउन सकिन्छ ।

सनग्लास लगाउँदा सस्तो भन्दा पनि गुणस्तरीय तथा सूर्यका हानिकारक किरण रोक्ने खालको लगाउनु पर्छ र पूर्ण रुपमा आँखा छोप्ने चस्मा लगाउनुपर्छ । नियमित रुपमा दैनिक बिहान बेलुका आँखालाई सफा पानीले धुने गर्नुपर्छ । साथै आँखालाई समय समयमा जाँच गराई राख्नु पनि आवश्यक हुन्छ ।

आँखामा सुख्खापन धुलोका कारण हुने गरेको छ । आँखामा सुख्खापन भएर उपचार गराउनुभन्दा पनि यसलाई हुनै नदिनु राम्रो हुन्छ । जुन कारणले आँखामा सुख्खापन भएको हो त्यसको पहिचान गरेर आफू जोगिनु  राम्रो हुन्छ । त्यस्तै सरसफाईमा पनि विशेष ध्यान दिनुपर्छ ।

(नेपाल आँखा अस्पताल त्रिपुरेश्वरका डाक्टर अरुण ढुङ्गानासँग विना न्यौपानेले गर्नुभएको कुराकानीमा आधारित)

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

  • सरकारका सय दिन : कुरा ठूला, खुट्टा लुला !

    कम्तीमा पनि सरकारले बितेका सय दिनमा सडकका खाल्डाखुल्डी पुर्न सक्थ्यो । काम भैरहेका ठाउँमा धुलो कम गर्न ठेकदारलाई बाध्य पार्न सक्थ्यो । काठमाडौंबाट नागढुंगा पुुग्ने, हेटौडा जाने जस्ता सयौं असजिला सडकलाई गिटी हालेर वा माटो पेलेर सहज बनाउन सक्थ्यो ।

  • ​कोरियामा धन देखेर मन हराएकाहरु

    हिजोआज दक्षिण कोरियामा रहेका नेपालीमाझ सामाजिक सञ्जालमार्फत नेपालीले नेपालीमाथि गरेको अमानवीय दुव्र्यवहारको चर्चा एकाएक चुलिएको छ ।

  • मुख्यमन्त्री शेरधन राईलाई खुल्ला पत्र

    सबैलाई एकजुट बनाउनुस् जनता छन् जागेका, हेर्न मन छ मिक्लाजुङ चढ्न पर्यटक ताँती लागेका । सुनसरीमा खेती सनपाट र केराको, खान पाइयोस् चामल डिहिटार र सेराको । लेगुवाका माछा गुद्रीमा बिकुन्, प्रदेश हाम्रो हेरी अरुले सिकुन् ।

  • ​कम्युनिष्ट मन्त्रीको सम्पत्तिमा दम्पती विवरण !

    हुन त उनी दाइजोका कट्टर विरोधी हुन् । बिहे पनि जनवादी ढंगले भएको हो । प्रगतिशील मान्छेको जनवादी बिहेमा दाइजो आउने कुरा भएन । तर बिहेको दिन नआएर के भयो ! श्रीमतीकै बाआमाले दाइजो दिनुपर्छ भन्ने के छ ? यो त परम्परावादी सोच भयो ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया