खेल
डीपीएलको उपाधि टिम चौराह धनगढीलाई
- Friday, Apr 13, 2018
- 16:28 PM ( 2 weeks ago )
- Total Views: 5.4 K
कैलाली चैत ३० - टिम चौराह धनगढीले धनगढी प्रिमियर लिगको उपाधि जितेको छ । फाइनलमा काठमाडौं गोल्डेन्सलाई २१ रनले हराउँदै टिम चौराहाले उपाधि जितेको हो ।
टस जितेर ब्याटिङ गरेको धनगढीले २० ओभरमा चार विकेट गुमाउँदै एक सय ८१ रन बनायो ।
सुरुवात भने राम्रो गर्न नसकेको धनगढीले १२ रन हुँदा राम्रो फर्ममा नभएका विदेशी खेलाडी अस्फाक अहमदलाई ४ रनमा गुमायो । प्याराफिट खचाखच भरिएपछि धेरै दर्शकले प्रत्यक्ष खेल हेर्न टिकट पाएका थिएनन् ।
घरेलु दर्शक माझ धनगढीले निकै राम्रो ब्याटिङ गर्याे । दोस्रो विकेटका लागि सुनिल धमला र रोहन मुस्तफाले एक सय ४२ रनको साझेदारी गर्दै टिमलाई बलियो बनाए ।
डीपीएलमा यी दुई खेलाडीको यो साझेदारी अहिलेसम्म कै उच्च हो । चौराहाको स्कोर एक सय ५४ रन हुँदा दोस्रो विकेट झर्यो । रोहन मुस्तफाले ४२ बलमा ६० रन बनाए । प्रतियोगितामा पहिलो अर्धशतक बनाउने क्रममा रोहनले चार चौका र चार छक्का प्रहार गरे ।
तर त्यसको लगत्तै क्रिजमा आएका सोनु तामाङ पनि आउट भएपछि चौराहाले एक सय ५५ रनमा तेस्रो विकेट गुमायो । जारी प्रतियोगितामा रोहन सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा तेस्रो स्थानमा रहे ।
चौराहलाई बलियो लक्ष्यतर्फ अगाडि बढाउन सुनिल धमलाले ७८ रन बनाए । उनले ६२ बलमा आठ चौका र तीन छक्का प्रहार गरे । बलिङतर्फ सुबोध भाटीले दुई विकेट लिए । उसले ३१ अतिरिक्त रन दिएको थियो ।
जवाफमा काठमाडौं २० ओभरमा ८ विकेट गुमाउँदा एक सय ६० रनमा रोकियो । उसले पनि सुरुवात राम्रो गर्न सकेन । १२ रन हुँदा पहिलो विकेट गुमाएको काठमाडौंका ओपनर सुबोध भाटी मात्र ५ रनमा आउट भए ।
त्यसपछि दोस्रो विकेटका लागि अमित श्रेष्ठ र पुष्प थापाले काठमाडौंको पारीलाई सम्हाल्ने प्रयास गरेपनि पुष्प मात्र १५ रनमा आउट हुँदा ६६ रनमा अर्को विकेट खेर फाल्यो । ठूलो लक्ष्य पक्ष्याएको काठमाडौंको स्कोर ८५ रन हुदा अमित श्रेष्ठ व्यक्तिगत ५८ रनमा आउट भएपछि तेस्रो विकेट गुमायो ।
प्रतियोगितामा अमित सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा दोस्रो स्थानमा छन । उनले सात खेलमा दुई सय ४२ रन बनाए । जसमा उनको उच्च स्कोर ८१ रन रह्यो । त्यसपछि काठमाडौंको स्कोर एक सय २१ रन हुँदा कप्तान ज्ञानेन्द्र मल्ल व्यक्तिगत ३० रनमा आउट भए ।
पछिल्लो पटक राम्रो लयमा नदेखिएका मल्लले यो प्रतियोगिताबाट उत्कृष्ट कमब्याक गरेका छन । सात खेलमा मल्लले दुई सय ४८ रन बनाए । निकै प्रतिस्पर्धात्मक रुपमा अगाडी बढेको काठमाडौंले एक सय ५५ रन पाचौँ विकेट गुमायो । नरेश बुढाऐर १९ रनमा पेभेलियन फर्किए ।
तर १९ औ ओभरमा रोहन मुस्तफाले दुई खेलाडीलाई आउट गरेपछि चौराहले खेल आफनो पक्ष्यमा पार्याे । रोहनले भरपर्दा खेलाडी सन्नी पटेललाई २२ रनमा बोल्ड गरे भने रासिद खानलाई मात्र २ रनमा बोल्ड गरे ।
चौराहले घरेलु मैदानमा भएका तीन वटा प्रतियोगिताको उपाधि जितेको छ । दुई वर्ष अगाडि धनगढी क्रिकेट लिगको उपाधि जितेको चौराहले अघिल्लो वर्ष डीपीएलको पहिलो सस्करणको च्याम्पियन बनेको थियो । यसपटक पनि उसले उत्कृष्ट रुपमा उपाधि कब्जा गर्न सफल भयो । उपाधिसँगै चौराहले २५ लाख रुपैयाँ प्राप्त गरेकाे छ । उपविजेतामा चित्त बुझाएकाे काठमाडौं गाेल्डेन्सले १० लाख रुपैयाँ प्राप्त गरेकाे छ ।
सम्बन्धित सामग्रीहरु
-
विश्वकपमा यस्तो जर्सी लगाएर उत्रिँदैछन नेपाली बालबालिका
काठमाडौं, वैशाख ११ – रुसको मस्कोमा हुने स्ट्रिच चाइल्ड वर्ल्डकप २०१८ ‘द फ्युचर डिपेन्ड्स अन यू’ मा नेपालले पहिलो पटक सहभागिता जनाउँदै छ ।
-
हैदराबाद हारको ह्याट्रिकबाट जोगिन्छ कि मुम्बईले दोस्रो जित हात पार्नेछ ?
वैशाख ११ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबाद प्रतिस्पर्धा गर्दैछन् ।
-
झापा ११ लाई हराउँदै एपीएफ सेमिफाइनलमा
इलाम , वैशाख ११ – इलाममा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपमा सशस्त्र प्रहरी बल काठमाडौँ सेमिफाइनलमा प्रवेश गरेको छ ।
-
पाकिस्तानका यी चर्चित खेलाडी मुटुका लागि भारतसँग सहयाेग माग्दै
वैशाख ११ – पाकिस्तानी टिमका एक जना पूर्व हकी खेलाडीले भारतसँग आफूलाई भिसा दिन आग्रह गरेका छन् ।
-
घरेलु मैदान पनि फापेन दिल्लीलाई
वैशाख ११ – इण्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली डेयरडेभिल्स किऺग्स इलाभेन पञ्जाबसँग पनि पराजित भयो ।
-
सेवाग्राहीसँग घुस लिँदै गरेका अधिकृत अख्तियारको फन्दामा
बाँके,वैैशाख ११ – अख्तियार दुरुपयोग अनुसन्धान आयोग शाखा कार्यालय कोहलपुरले सेवाग्राहीसँग घुस लिँदै गरेका नेपालगञ्जबाट फार्मेसी अधिकृतलाई रंगेहात पक्राउ गरेको छ ।
- कर्णालीका सांसदले भने : नीति तथा कार्यक्रम स्वागतयोग्य छ, कार्यान्वयनमा जोड दिउँ
- एकताबाट कोही भाग्नु हुँदैन : रक्षामन्त्री पोखरेल
- गुण्डा नाइके रिगललाई सर्वस्वसहित जन्मकैद
- विश्वकपमा यस्तो जर्सी लगाएर उत्रिँदैछन नेपाली बालबालिका
- हैदराबाद हारको ह्याट्रिकबाट जोगिन्छ कि मुम्बईले दोस्रो जित हात पार्नेछ ?
- विकासमा एकजुट हुनुको विकल्प छैन : प्रदेश प्रमुख कोइराला
- घर फर्कन खोज्दा कम्पनीले नदिएपछि मलेसियामा बिरामी परेका प्रदिप समस्यामा
- आईजी साब आक्रमणकारी कहाँ छन्, तत्काल पक्राउ गर्नुस् – सचिव श्रेष्ठ
- चिनीमा युरिया मिसाइएको ग्राहकको गुनासो, प्रशासनले थाल्यो छानबिन
प्रतिक्रिया दिनुहोस