MENU

खेल

ujyaalo forign call inside

च्याम्पियन्स लिग : सेमिफाइनलको ड्र सार्वजनिक

चैत ३० – च्याम्पियन्स लिगको सेमिफाइनलको ड्र सार्वजनिक भएको छ । 

शुक्रबार भएको ड्र अनुसार सेमिफाइनलमा इटालियन क्लब एएस रोमाले इंग्लिस क्लब लिभरपुलसँग प्रतिस्पर्धा गर्ने भएको छ । 

एसएस रोमाले क्वार्टरफाइनलमा म्यानचेस्टर सिटीलाई पहिलो लेगमा ३–० र दोस्रो लेगमा २–१ ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको थियो । 

त्यस्तै सिरी ए क्लब रोमाले बार्सिलोनासँगको खेलमा उत्कृष्ट पुनरागमन गर्दै सेमिफाइनलको यात्रा तय गरेको थियो । पहिलो लेगमा बार्सिलोनासँग उसकै मैदानमा ४–१ को हार बेहोरेको रोमाले दोस्रो लेगमा घरेलु मैदानमा बार्सिलोनामाथि ३–०को सनसनीपूर्ण जित हात पारेको थियो । 

त्यस्तै अर्को सेमिफाइनल दुई युरापेली हेभिवेट क्लबहरुबीच हुने पक्का भएको छ । अर्को सेमिफाइनल रियल मड्रिड तथा बार्यन म्युनिखबीच हुनेछ । रियल मडिङले अन्तिम समयमा पाएको पेनाल्टीमाफर्त समग्रमा ४–३ युभेन्टसलाई हराउँदै च्याम्पियन्स लिगको सेमिफाइनलको यात्रा तय गरेको थियो । 

सेमिफाइनलमा रियलसँग प्रतिस्पर्धा गर्ने बार्यन म्युनिखले क्वार्टरफाइनलमा सेभियालाई समग्रमा २–१ ले हराएको थियो । 

सेमिफाइनलको पहिलो लेग अप्रिल २४–२५ मा हुनेछ भने दोस्रो लेग मे १–२ मा हुनेछ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया