MENU

खेल

नवयुगको ह्याट्रिकमा विर्ता युनाइटेड उपाधि नजिक

उपेन्द्र येक्तेन/उज्यालो ।

पाँचथर, चैत ३० – फिदिममा जारी दोस्रो वाइवाई पाँचथर गोल्डकप फुटबल प्रतियोगिमा डिफेन्डिङ च्याम्पियन विर्ता युनाइटेड झापा उपाधि नजिक पुगेको छ । 

फिदिम माविको खेल मैदानमा शुक्रबार सम्पन्न अन्तिम सेमिफाइनल खेलमा रेडहर्ष फुटबल क्लब इलामलाई ३–० ले पराजित गर्दै झापा फाइनल पुगेको हो । खेलको पहिलो हाफमै झापाले  २–० को अग्रता लिएको थियो । खेलको ४ औँ ४१ औँ मिनेटमा झापाका नवयुग श्रेष्ठले गोल गरे । 

यस्तै दोस्रो हाफको ५९ औँ मिनेटमा बुद्ध चेम्जोङको सुन्दर पासलाई सदुपयोग गर्दै नवयुगले ह्याट्रिक पूरा गरे । खेलमा दबाबमा परेको इलामले खेलको अन्तिम समयमा सान्त्वना गोल गर्ने राम्रो अवसर पाएको थियो । 

खेलमा ह्याट्रिक गरेका नवयुग श्रेष्ठ ‘म्यान अफ् द म्याच’ घोषित हुँदै नगद ५ हजार प्राप्त गरे । जितसँगै विर्ता युनाइटेड झापाले न्यू स्टार सुनसरीसँग फाइनल भेट पक्का गरेको छ । 

यसअघि बिहीबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा मिसन युनाइटेड क्लब ताप्लेजुङलाई हराउँदै सुनसरी फाइनल पुगिसकेको छ । 

प्रतियोगिताको विजेताले नगद ३ लाख ५ हजारसहित ट्रफी र दोस्रो हुने टिमले नगद १ लाख ५५ हजारसहित ट्रफी मेडल पाउनेछ । फाइनल खेल वैशाख २ गते हुने आयोजक पाँचथर क्लबले जनाएको छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया