MENU

राजनीति

रारा पुगेका प्रधानमन्त्री ओलीसँग कर्णाली प्रदेशले के माग्यो ?

मुना हमाल/उज्यालाे ।

मुगु, चैत ३० – कर्णाली प्रदेशले आफ्नो समृद्धिका लागि प्रधानमन्त्री ओली राष्ट्रिय महत्वका योजनालाई केन्द्रले सरकारले आफ्नो योजनामा समावेश गर्न अनुरोध गरेको  छ ।

 

शुक्रबार कर्णाली प्रदेशको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रमुख आतिथि बनाएर रारामा मत्रीपरिषदको बैठक बसेको होे । कर्णाली प्रदेशको मन्त्रिपरिषदको बैठक रारामा बसेको छ । बैठकले कर्णाली प्रदेशको पर्यटन प्रवद्र्धनका लागि केन्द्र सरकारसँग विभिन्न अनुरोध गरेको छ । 

बैठकले कर्णालीको प्रवद्र्धनका लागि पर्यटन प्रवद्र्धनका लागि पर्यटन प्राधिकरण बनाई योजना बनाएर अघि बढ्ने निर्णय गरेको छ ।  बैठकले सुर्खेतदेखि हिल्साको सडकखण्डलाई प्रधानमन्त्री अन्तर्राष्ट्रिय दु्रतमार्गका रुपमा लिएर केन्द्रीय सरकारलाई आफ्नो योजनामा समेटन् पनि अनुरोध गरिएको छ । 

भेरी करिडोर र कर्णाली करिडोरलाई पनि केन्द्रीय योजना र आफ्नो बजेटमा समावेश गरिनुपर्ने बैठकबाट प्रधामन्त्री ओलीलाई आग्रह गरिएको छ ।  सुर्खेतलाई शहरीकरण गर्ने र एकीकृत बस्ती विकासको लागि गुरुयोजना बनाउन पनि प्रदेश सरकारले निर्णय गरेको छ । 

प्रधानमन्त्री ओलीसँग प्रदेश सरकारले कर्णाली प्रदेशको उत्तरी नाका खोल्नका  लागि पनि केन्द्र सकारबाट पहल गरिदिन आग्रह गरेको छ । नाका खोल्नका लागि केन्द्र सकारले आफ्नो योजनामा समावेश गर्न प्रधानमन्त्रीलाई अनुरोध गरिएको छ । हुम्लाको हिल्सा, मुगुको नाक्चे नाग्ला, डोल्पाको नाका खोल्नको लागि प्रदेश सकारले केन्द्र सरकारसँग सहयोग मागेको हो । 

बैठकमा प्रधानमन्त्री ओलीले कर्णाली प्रदेश सम्भावना बोकेको प्रदेश भएको भन्दै प्रदेश सरकारलाई अघि बढ्न भन्दै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको कर्णाली प्रदेशकी प्रवक्ता सहकारी मन्त्री विमला केसीले जानकारी दिनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशले जडिबुटी तथा पर्यटनबाट आफूलाई समृद्ध बनाउन सक्षम हुने बताउनुभयो । 
 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया