MENU

अन्तर्राष्ट्रिय

सिरियामा अमेरिकी नेतृत्वमा आक्रमण सुरु

बैशाख, १ - सिरियामा अमेरिकाको नेतृत्वमा तीन देशले आक्रमण सुरु गरेका छन् । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बेलायत र फ्रान्ससहितको समन्वयमा भइरहेको लगातार सैन्य प्रतिक्रियाकै निरन्तरता रहेको बताएका छन् ।
ट्रम्पले दुई देशको सहयोगमा सिरियामा क्षेप्यास्त्र हमलाको अनुमति दिएको पनि बताएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बेलायती प्रधानमन्त्री टेरिजा मेले सिरियामा बल प्रयोग गर्नुको कुनै विकल्प नभएकाले आक्रमण गर्नुपरेको बताएको बीबीसीले जनाएको छ ।
 
अमेरिका, बेलायत र फ्रान्सले सिरियाको पूर्वी गुटा क्षेत्रमा गएको हप्ता रसायनिक हमला गरिएको दाबी गर्दै आएका छन् । त्यसकै प्रतिक्रिया स्वरुप आक्रमण गर्नुपरेको उनीहरुको जिकिर छ ।
 
सिरियाको राजधानी दमास्कसमा ठूला विष्फोटका आवाज सुनिएको खबरमा उल्लेख छ । यसैबीच अमेरिकी रक्षामन्त्री जेम्स बेटिसले कानुनी रुपमा वैध रहेको दावी गरेका छन् ।
 
सिरियाली सरकारले रसायनीक हतियार बनाइरहेको आरोप लगाउँदै अमेरिका र उसका सहयोगी देशले त्यसमा रोक लगाउन रसायनिक हतियार भइरहेका ठाउँमा आक्रमण गर्नुपरेको जिकिर गरेका छन् । तर रुसले भने सिरियाली सरकारलाई सहयोग गर्दै आएको छ । अमेरिका र उसका सहयोगी देशको पछिल्लो कदमबारे कुनै प्रतिक्रिया दिएको छैन । 
 
 
 
 
Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया