MENU

राजनीति

ujyaalo forign call inside

राराबाट प्रधानमन्त्री ओलीको प्रश्न : ऋषिमुनिका सन्तानले पढ्न नपाउने ? (पूर्णपाठसहित)

काठमाडौं, बैशाख १ – प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बृद्धि र प्रगतिको सपना देख्न आवश्यक रहेको बताउनुभएको छ । नयाँ वर्षको अवसरमा रारा तालबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारका योजना कतिपयलाई अपत्यारिलो जस्तो लागे पनि सपना र उच्च आकांक्षा नभई विकास सम्भव नभएको बताउनुभयो ।

देश अब उन्नतिको लक्ष्यसहित नयाँ बाटोमा अघि बढेकाले सबै क्षेत्रबीच सहकार्य र हातेमालो आवश्यक पर्ने उहाँको भनाई छ । देश विकासको यो यात्रामा साथ दिन र सहकार्य गर्न उहाँले विपक्षी दललाई पनि आग्रह गर्नुभयो । विश्वमै सबैभन्दा अघि ज्ञान विज्ञान खगोल र भूगोलको अध्ययन गर्ने ऋषिमुनिका सन्तान अब शिक्षाबाट बञ्चित हुने कुरा मान्य नहुने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले कुनै पनि बालबालिका शिक्षाको उज्यालोबाट बञ्चित हुन नपरोस भनेर काम सुरु गर्ने प्रतिबद्धता जनाउनुभयो ।  जुन देशको माटो सिम्रिक र ढुंगा शिलाजित पाँचऔले अनि यार्सागुम्बा हुन्छ त्यहाँका मानिस उपचार नपाएर मर्ने ? प्रधानमन्त्री ओलीले भन्नुभयो अब यो हुन सक्दैन ।

प्रदेशलाई सक्षम सुदृढ र आत्मनिर्भर बनाउन संघ प्रदेश र स्थानीय तहबीच समन्यव गरिने र नागरिकको भूमिका प्रभावकारी बनाउँदै राज्य यथार्थमै नागरिक प्रति उत्तरदायी सञ्चालित गराउने प्रधानमन्त्री ओलीको प्रतिबद्धता छ ।

आर्थिक विकासका लागि निजी क्षेत्र, अन्तर्राष्ट्रिय लगानीकर्ता  तथा दातृ निकायसंग समन्य गरिने र विदेशी लगानीको झण्झट हटाउँदै नाफाको सुनिश्चितता गरिने उहाँको भनाई छ । प्रधानमन्त्री अ‍ोलीले विदेशी लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न पनि आग्रह गर्नुभएको छ ।

विविधतायुक्त समाज नेपालको विशेष पहिचान रहेको उल्लेख गर्दै उहाँले बलियो राष्ट्रिय एकतालाई खल्बल्याउने, गरिबी बेरोजगारीलगायत समस्याबाट ध्यान बाहिर लैजाने र त्यसलाई उपयोग गर्दै सामाजिक द्वेष र घृणा फैलाउने काम बेलाबेला हुने गरेकाले त्यस्तो कुरा नेपाली नागरिकलाई मान्य नहुने र यसमा सरकारले ध्यान दिने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

लोकतन्त्रप्रति विश्वास जगाउन हदैसम्मको प्रयास गर्ने, स्वतन्त्र न्यायपालिकामा जोड दिने भ्रष्टाचार उन्मुलनको अभियान चलाउने र त्यसको अगुवाई आफूले गर्ने, लाइनमा उभिने हरेक ब्यक्तिले मेरो पालो पक्कै आउँछ भन्ने विश्वास जगाउनेलगायतका काम सरकारका प्राथमिकतामा पर्ने प्रधानमन्त्री ओलीको भनाई छ । प्रधानमन्त्री ओलीले केहीबेरमा रारा महोत्सवको उद्घाटन गर्नुहुनेछ ।

यस्ताे छ पूर्णपाठ

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया