MENU

खेल

आईपीएल क्रिकेटमा पुछारका दुई टोली खेल्दै

बैशाख १ – इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज पुछारका दुई टीम दिल्ली डेरडेभिल्स र मुम्बइ इण्डियन्स खेल्दैछन् । खेल नेपाली समयअनुसार दिउँसो सवा ४ बजेपछि मुम्बइको वाङखडे रंगशालामा सुरु हुनेछ ।

दुवै टीम आज पहिलो जितको खोजीमा हुँदा मुम्बइलाई घरेलु मैदान र हजारौँ दर्शकको साथ हुनेछ । यसअघिका दुवै खेल हारेका भए पनि रन औसतमा दिल्ली अंक तालिकाको पुछारमा र मुम्बई पुछारबाट दोस्रो स्थानमा छ ।

घाइते भएर यसअघिको खेल खेल्न नसकेका अलराउण्डर हार्दिक पाण्ड्या आज पनि खेल्न सक्ने/नसक्ने टुंगो छैन । उनले शुक्रबारको अभ्यास खेलमा २० मिनेट मात्र अभ्यास गर्न सकेका थिए ।

दिल्लीसँग खेलेका पछिल्ला पाँच मध्ये चार खेलमा मुम्बई विजयी भएको छ । त्यस्तै घरेलु मैदान वाङखडेमा भएका पछिल्ला छ मध्ये एक खेलमा मात्र मुम्बई पराजित भएको छ ।

आजको दोस्रो खेलमा कोलकाता नाइटराइडर्स र सनराइजर्स हैदराबाद खेल्दैछन् । खेल नेपाली समय अनुसार बेलुका सवा ८ बजेपछि कोलकातामा सुरु हुनेछ ।


 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया