MENU

खेल

​‘जादुयी’ बलमा विराट कोहलीलाई आउट गर्दै शेन वार्नको सूचीमा मुजीब उर रहमान

वैशाख १ – शुक्रबार राति किंग्स इलाभेन पञ्जाबसँगको प्रतिस्पर्धामा अन्तिम ओभरमा जित हात पार्दै रोयल च्यालेन्जर्स बेंगलोर(आरसीबी) ले आईपीएलको सिजन ११ मा जितको खाता खोलेको छ । 

आरसीबीले पञ्जाबले दिएको १५६ रनको विजयी लक्ष्य ६ विकेट गुमाएर ३ बल बाँकी रहँदा भेट्टायो । आरसीबीको जितका लागि एबी डिबिलियर्सले विस्फोटक ब्याटिङ गर्दै महत्वपूर्ण भूमिका खेले । उनले ४० बलमा २ चौका र ४ छक्काको सहयोगमा ५७ रन बनाए । त्यस्तै क्विन्टन डी ककले ३४ बलमा ७ चौका र १ छक्काको सहयोगमा ४५ रन बनाउँदै आरसीबीको आधार तय गरेका थिए । 

आरसीबीका बलरहरुले पनि शुक्रबार उत्कृष्ट प्रदर्शन गरे । उमेश यादवले ४ ओभर बलिङ गर्दै मात्रै २३ रन दिएर ३ विकेट लिए । उमेशको प्रदर्शनले पञ्जाबलाई उच्च स्कोर तयार पार्न रोकेको थियो । 

शुक्रबारको खेलमा पञ्जाबले हारे पनि पञ्जाबका एक जना बलरले विश्वको ध्यान आकर्षण गरे । हो, अफगानी स्पिनर मुजीब उर रहमानले हिजो उत्कृट बलिङ गर्दै विराट कोहलीलाई क्लिन बोल्ड गरे । 

१५६ रनको मामुली विजय लक्ष्य पछ्याएको आरसीबीले सुरुमै ब्रेन्डन म्याककलमलाई गुमाएको थियो । त्यसपछि क्रिजमा आएका कप्तान विराट कोहलीले डी ककसँग मिलेर रनको गति बढाइरहेका थिए । उनले १६ बलमा २१ रन बनाए । जसमा ४ चौका थियो । तर आरसीबीको पारीको पाँचौ ओभरमा पञ्जाबका कप्तान रविचन्द्रन अश्विनले बलिङको जिम्मा दिए टिमका युवा स्पिनर मुजीब उर रहमानलाई । 

१७ वर्षीय अफ् ब्रेक बलर मुजीबले विराट कोहलीलाई अफ् स्टम्पको बाहिर गुगली बल फ्याँके । कोहलीले यसलाई ड्राइभ गर्ने प्रयास गरे । तर ब्याट र उनको खुट्टाको बीचमा बनेको ग्याप हुँदै बल सीधै स्टम्पमा लाग्यो । विराटको विकेट लिएपछि पञ्जाबी टिममा एक किसिमको जोश देखिन्थ्यो । 

त्यति मात्रै होइन, कम उमेरमै विराट कोहली विकेट लिँदै मुजीब उर रहमान आईपीएल इतिहासमा शेन वार्न, पियुष चावला, नितिश राणा तथा सुनिल नारायणपछि विराटलाई आउट गर्ने पाँचौ स्पिनर बनेका छन् । 

मुजीब उर रहमानलाई पञ्जाबले चार करोड भारतीय रुपैयाँमा किनेको थियो । उनले यो सिजनमा दुई खेलमा ३ विकेट लिँदै आफ्नो उत्कृष्ट प्रदर्शन गरेका छन् । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया