MENU

खेल

ujyaalo forign call inside

आईपीएलमा दिल्ली र मुम्बई पहिलो जितका लागि संघर्ष गर्दै, सन्दीप आज पनि परेनन्

वैशाख १ – अघिल्लो वर्षको आईपीएल च्याम्पियन मुम्बई इन्डियन्स र दिल्ली डेयरडेभिल्स मुम्बईको घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैछन् । 

दुवै टिमका लागि यो संघर्षपूर्ण प्रतिस्पर्धा रहनेछ । रोहित शर्माको कप्तानीमा रहेको मुम्बई इन्डियन्सले पहिलो दुई खेलमा चेन्नई सुपर किंग्स र सनराइजर्स हैदराबादसँग हार बेहोरेको छ । त्यस्तै गौतम गम्भीरको कप्तानीमा रहेको दिल्लीले पनि आफ्ना दुई खेल राजस्थान रोयल्स र किंग्स

इलाभेन पञ्जाबसँग हारेको छ । दुवै टिमले पहिलो जित हात पार्नका लागि खेल्नेछन् । खेलमा दिल्ली डेयरडेभिल्सका कप्तान गौतम गम्भीरले टस जितेर पहिले फिल्डिङ रोजेका छन् । 

ताजा अवस्थामा मुम्बईले चार ओभरको समाप्तिमा बिना विकेटको क्षतिमा ५२ रन बनाएको छ ।

मुम्बईले बेन कटिङको स्थानमा अकिला धनन्जय र प्रदीप सांगवानको स्थानमा हार्दिक पंड्यालाई प्लेइङ ११ मा उतारेको छ । त्यस्तै दिल्लीले कोलिन मुन्रोको स्थानमा जेसन रोय र क्रिस मोरिसको स्थानमा डेनियल क्रिस्टियनलाई उतारेको छ । सन्दीप लामिछाने आज पनि टिम ११ मा पर्न सकेनन् । 

यस्ताे छ दुवै टिम

मुम्बई इन्डियन्स :  रोहित शर्मा (कप्तान), इविन लेविस, ईशान किशन, सूर्यकुमार यादव, हार्दिक पंड्या, क्रुणाल पंड्या, कीरोन पोलार्ड, मयंक मार्कंडे, जसप्रीत बुमराह, मुस्तफिजुर रहमान, अकिला धनंजय।

दिल्ली डेयरडेविल्स : गौतम गम्भीर (कप्तान), जेसन रोय, श्रेयस अय्यर, ऋषभ पन्त, ग्लेन म्याक्सवेल, विजय शंकर, डेनियल क्रिस्टियन, राहुल तेवतिया, शाहबाज नदीम, मोहम्मद शमी, ट्रेन्ट बोल्ट ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया