MENU

राजनीति

ujyaalo forign call inside

​छायाँनाथ हेर्ने हो भने वैशमै जाउँ, बुढेसकालमा त गाह्रो हुँदोरहेछ : प्रधानमन्त्री ओली

मुगु, वैशाख १ – प्रधानमन्त्री केपी शर्मा ओलीले ‘रारा–कर्णाली पर्यटन वर्ष २०७५’ को शनिबार एक समारोहबीच उद्घाटन गर्नुभयो । 

उद्घाटनका अवसरमा उहाँले रारा एक पटक जानै पर्ने ठाउँ भएको बताउनुभयो ।  उहाँले बुढेसकालमा भन्दा पनि युवावस्थामा नै देश घुम्नुपर्ने बताउँदै भन्नुभयो, ‘छायाँनाथ हेर्ने हो भने वैशमै जाउँ, बुढेसकाल लागेपछि गाह्रो हुँदोरहेछ  ।’ 

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘रारालाई पर्यटकीय आकर्षक गन्तव्य बनाइने, जडीबुटीको प्रदेश कर्णालीलाई अर्गानिक प्रदेश, कर्णाली राजमार्गको स्तरवृद्धि, सुर्खेत र मुगु जोड्ने सडक निर्माण, हवाई यातायात नियमित र राराको सुन्दरता एंव पवित्रता कायम गरिने छ ।’ 

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्रप्रसाद अधिकारीले रारा र से फोक्सुण्डोलाई पर्यटकीय सर्किटमा जोडिने बताउनुभयो । 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले दुई वर्षभित्र निरक्षरता उन्मूलन गर्ने र यो वर्ष विद्यार्थी भर्नाका लागि राष्ट्रिय अभियान अगाडि बढाउने धारणा व्यक्त गर्नुभयो । 

शनिबार मात्र १५ हजार आन्तरिक तथा बाह्य पर्यटक रारा पुगेका छन् ।

तस्बिर- संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्रप्रसाद अधिकारीकाे ट्विटरबाट

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया