MENU

अर्थ

माथिल्लो त्रिशूली थ्री ‘ए’ को ‘रक फल प्रोटेक्सन’ को कार्य ८० प्रतिशत सम्पन्न

रसुवा, वैशाख १ – रसुवा र नुवाकोटको सीमा क्षेत्रमा निर्माणाधिन माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत आयोजनाको ड्याम जोगाउनका लागि पहिरो नियन्त्रणको काम सुरु भएको छ । 

           -पहिरो नियन्त्रणका लागि जाली अाेसार्दै हेलिकप्टर

६० मेगावाट क्षमताको यो आयोजनाको ड्याम साइटमा झरेको पहिरो नियन्त्रणका लागि न्यू क्रेसन इन्पेक्स प्रालिले कार्य गरिरहेको छ । पहिरोबाट ड्याम जोगाउनका लागि निर्माण भइरहेको ‘रक फल प्रोटेक्सन’ को कार्य ८० प्रतिशत सम्पन्न भएको प्रालिका म्यानेजिङ डिरेक्टर विजय श्रेष्ठले बताउनुभयो । 

२०७५ जेठ मसान्तसम्ममा निर्माण कार्य सम्पन्न हुने गरी काम भइरहेको उहाँले जानकारी दिनुभयो ।  गएको साउनदेखि निर्माण निर्माण कार्य सुरु भएको थियो । पहिरो नियन्त्रण गर्न एकै ठाउँमा रक नेटिङ, रक बोल्टिङ र रक फल प्रोटेक्सन गरिएको छ । पहिरोसम्म जाली लैजानका लागि हेलिकप्टरको प्रयोग गरिएको छ भने अन्य सामग्री लैजान रोपवे निर्माण गरिएको छ । 

पहिरो नियन्त्रणका लागि प्रयोग गरिएका सामग्री स्विट्जरल्याण्डबाट आयात गरिएको म्यानेजिङ डाइरेक्टर श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार स्विट्जरल्याण्डको जियोवग कम्पनीबाट सामग्री आयात गरिएको हो । 

पहिरो नियन्त्रणका लागि ३२ करोड रुपैयाँ लागत रहेको छ ।  निर्माण गरिएको फेन्स नेटिङले  ३००० देखि ५००० किलोजुल गतिको ढुङ्गा रोक्न सक्ने उहाँले जानकारी दिनुभयो ।   

गल्छी–बेत्रावती–मैलुङ–स्याफ्रबेसी–रसुवागढी सडकखण्ड अन्तरगत नेपाली सेनाले निर्माण गरिरहेको मैलुङ–स्याफ्रुबेसी सडक निर्माण अन्तरगत नै पहिरो नियन्त्रणको काम भइरहेको मैलुङ–स्याफ्रुबेसी सडक निर्माण कार्यदलका प्रमुख एवम प्राविधिक सेनानी सञ्जय केसीले बताउनुभयो । 

आयोजनाको ७५ प्रतिशत काम पूरा भएको छ । चिनियाँ गेजुवा ग्रुफ अफ् कम्पनी (सीजीजीसी) मार्फत क्यू सेभेन्टी उत्पादनको आधारमा आयोजना निर्माण भइरहेको हो । आयोजनाले आगामी माघ मसान्तसम्ममा उत्पादन सुरु गर्ने आयोजनाका साइट इन्चार्ज अम्बिकेसकुमार झाले बताउनुभयो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया