खेल
दिल्लीले पायो १९५ रनको उच्च विजयी लक्ष्य
- Saturday, Apr 14, 2018
- 18:11 PM ( 1 week ago )
- Total Views: 6.7 K
वैशाख १ – आईपिएलको महत्वपूर्ण खेल अन्तरगत अहिले मुम्बई इन्डियन्स र दिल्ली डेयरडेभिल्सबीच खेल भैरहेको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मुम्बई इन्डियन्सले दिल्लीलाई १९५ रनको उच्च विजयी लक्ष्य प्रस्तुत गरेको छ । मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै यो योगफल तयार पारेको हो ।
ओपनर ब्याट्सम्यानहरु सूर्यकुमार यादव र इविन लेविसले मुम्बईको लागि महत्वपूर्ण आधार तयार पारेका थिए । यादवले विस्फोटक ब्याटिङ गर्दै ३२ बलमा ७ चौका र एक छक्कासहित ५३ रन बनाए । त्यस्तै अर्का ओपनर इविन लेविसले २८ बलमा ४ चौका र ४ छक्काको सहयोगमा ४८ रन बनाए ।
त्यस्तै इशान सकशनले ४४, कप्तान रोहित शर्माले १८, क्रुनाल पंड्याले ११ रनको योगदान दिए ।
बलिङतर्फ दिल्लीका लागि ट्रेन्ट बोल्ट, राहुल तेवतिया तथा ड्यानियल क्रिस्टियनले समान २–२ विकेट लिँदा मोहम्मद शमीले एक विकेट लिए ।
१९५ रनकाे उच्च विजयी लक्ष्यसहित दिल्ली केही बेरमा जवाफी ब्याटिङमा उत्रनेछ ।
यस्ताे छ दुवै टिम
मुम्बई इन्डियन्स : रोहित शर्मा (कप्तान), इविन लेविस, ईशान किशन, सूर्यकुमार यादव, हार्दिक पंड्या, क्रुणाल पंड्या, कीरोन पोलार्ड, मयंक मार्कंडे, जसप्रीत बुमराह, मुस्तफिजुर रहमान, अकिला धनंजय।
दिल्ली डेयरडेविल्स : गौतम गम्भीर (कप्तान), जेसन रोय, श्रेयस अय्यर, ऋषभ पन्त, ग्लेन म्याक्सवेल, विजय शंकर, डेनियल क्रिस्टियन, राहुल तेवतिया, शाहबाज नदीम, मोहम्मद शमी, ट्रेन्ट बोल्ट ।
सम्बन्धित सामग्रीहरु
-
विश्वकपमा यस्तो जर्सी लगाएर उत्रिँदैछन नेपाली बालबालिका
काठमाडौं, वैशाख ११ – रुसको मस्कोमा हुने स्ट्रिच चाइल्ड वर्ल्डकप २०१८ ‘द फ्युचर डिपेन्ड्स अन यू’ मा नेपालले पहिलो पटक सहभागिता जनाउँदै छ ।
-
हैदराबाद हारको ह्याट्रिकबाट जोगिन्छ कि मुम्बईले दोस्रो जित हात पार्नेछ ?
वैशाख ११ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबाद प्रतिस्पर्धा गर्दैछन् ।
-
झापा ११ लाई हराउँदै एपीएफ सेमिफाइनलमा
इलाम , वैशाख ११ – इलाममा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपमा सशस्त्र प्रहरी बल काठमाडौँ सेमिफाइनलमा प्रवेश गरेको छ ।
-
पाकिस्तानका यी चर्चित खेलाडी मुटुका लागि भारतसँग सहयाेग माग्दै
वैशाख ११ – पाकिस्तानी टिमका एक जना पूर्व हकी खेलाडीले भारतसँग आफूलाई भिसा दिन आग्रह गरेका छन् ।
-
घरेलु मैदान पनि फापेन दिल्लीलाई
वैशाख ११ – इण्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली डेयरडेभिल्स किऺग्स इलाभेन पञ्जाबसँग पनि पराजित भयो ।
-
सेवाग्राहीसँग घुस लिँदै गरेका अधिकृत अख्तियारको फन्दामा
बाँके,वैैशाख ११ – अख्तियार दुरुपयोग अनुसन्धान आयोग शाखा कार्यालय कोहलपुरले सेवाग्राहीसँग घुस लिँदै गरेका नेपालगञ्जबाट फार्मेसी अधिकृतलाई रंगेहात पक्राउ गरेको छ ।
- कर्णालीका सांसदले भने : नीति तथा कार्यक्रम स्वागतयोग्य छ, कार्यान्वयनमा जोड दिउँ
- एकताबाट कोही भाग्नु हुँदैन : रक्षामन्त्री पोखरेल
- गुण्डा नाइके रिगललाई सर्वस्वसहित जन्मकैद
- विश्वकपमा यस्तो जर्सी लगाएर उत्रिँदैछन नेपाली बालबालिका
- हैदराबाद हारको ह्याट्रिकबाट जोगिन्छ कि मुम्बईले दोस्रो जित हात पार्नेछ ?
- विकासमा एकजुट हुनुको विकल्प छैन : प्रदेश प्रमुख कोइराला
- घर फर्कन खोज्दा कम्पनीले नदिएपछि मलेसियामा बिरामी परेका प्रदिप समस्यामा
- आईजी साब आक्रमणकारी कहाँ छन्, तत्काल पक्राउ गर्नुस् – सचिव श्रेष्ठ
- चिनीमा युरिया मिसाइएको ग्राहकको गुनासो, प्रशासनले थाल्यो छानबिन
प्रतिक्रिया दिनुहोस