MENU

राजनीति

ujyaalo forign call inside

प्रधानमन्त्रीको सम्बोधन सुनिरहेकै बेला ढलेर वडाध्यक्षको निधन

मुगु, वैशाख १ – ‘रारा–कर्णाली पर्यटन वर्ष–२०७५’ को उद्घाटन समारोहमा सहभागी जुम्लाका एक वडाध्यक्षको शनिबार कार्यक्रमस्थलमै ढलेपछि निधन भएको छ । 

जुम्लाको कनकासुन्दरी गाउँपालिका–७, का वडाध्यक्ष कालीबहादुर घर्तीको कार्यक्रम चलिरहेकै बेला अचानक कार्यक्रमस्थलमै ढल्नुभएको थियो । उहाँ प्रधानमन्त्री केपी शर्मा ओलीले महोत्सवलाई सम्बोधन गरिरहेका बेला ढल्नुनुभएको थियो । नजिकै रहेको स्वास्थ्य शिविरमा लैजाँदै गर्दा उहाँको निधन भएको थियो ।

६० वर्षीय घर्ती महोत्सवमा सहभागी हुन दुई दिन हिँडेर रारा आउनुभएको थियो । स्थानीय चुनावमा उहाँ नेकपा एमालेबाट निर्वाचित हुनुभएको थियो । -रासस

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया