MENU

खेल

​साउथह्याम्पटनसँग २–० ले पछि परेको चेल्सीले अन्तिम २० मिनेटमा उल्ट्यायो नतिजा

वैशाख १ – इंग्लिस प्रिमियर लिगमा चेल्सीले साउथह्याम्पटनसँगको खेलमा उत्कृष्ट पुनरागमन गर्दै जित हात पारेको छ । 

अन्तिम २० मिनेटमा चेल्सीले तीन गोल गर्दै साउथह्याम्पटनसँग रोमाञ्चक जित हात पारेको छ । खेलको २१ औँ मिनेटमा साउथह्याम्पटनका लागि डुसान ताडिकले गोल गर्दै अग्रता दिलाएका थिए । त्यस्तै खेलको ६०औँ मिनेटमा ज्यान बेडनारेकले गोल गर्दै साउथह्याप्टनलाई २–० को अग्रता दिलाए । 

तर अन्तिम २० मिनेटमा चेल्सीका लागि नायक बने ओलिभर जिराउड र इडेन हाजार्ड । ७० औँ मिनेटमा ओलिभरले गोल गर्दै चेल्सीका लागि खाता खोले । ७५ औँ मिनेटमा इडेन हाजार्डले गोल गर्दै बराबरी गरे । तर खेलको ७८ औँ मिनेटमा ओलिभरले गोल गर्दै खेलको नतिजा नै उल्ट्याइदिए । 

आजको खेल जित्दै डिफेन्डिङ च्याम्पियन चेल्सीले शीर्ष चारमा पर्ने सम्भावना कायमै राखेको छ । चेल्सीको ३३ खेलबाट ६० अंक रहेको छ । ३२ खेलबाट ६७ अंकसहित टोटेनह्याम चौथो स्थानमा रहेको छ । ३३ खेल खेलको लिभरपुल पनि ६७ अंकसहित गोलअन्तरको आधारमा तेस्रो स्थानमा रहेको छ । 

दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडले ३२ खेलबाट ७१ अंक बनाएको छ । त्यस्तै शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीको ३२ खेलबाट ८४ अंक रहेको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • एन्फाको चुनाव वैशाख २२ गते हुने

    काठमाडौं, वैशाख ८ – अखिल नेपाल फुटबल संघ एन्फाको चुनाव वैशाख २२ गते शनिबार काठमाडौंमा हुने भएको छ । एन्फाको निर्वाचन समितिले आइतबार चुनावको मिति तोकेको हो ।

  • जापानमा सम्पन्न तेक्वान्दोमा नेपाललाई तीन स्वर्ण

    वैशाख ९ – जापानमा सम्पन्न १६ औँ डब्ल्यूएटीए ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसीपमा नेपालले तीन वटा स्वर्ण पदक जितेको छ ।

  • दक्षिण एशियाली जुडोमा भारतको बर्चश्व

    वैशाख ९ – आठौं दक्षिण एशियाली जुडो प्रतियोगितामा दक्षिण एशियाली महारथी भारतले एकछत्र बर्चश्व कायम गरेको छ ।

  • नेपाली तेक्वान्दोकाे विवाद उत्कर्षमा

    काठमाडौं, वैशाख ९ – खेलकुद ऐन र अन्तर्राष्ट्रिय मान्यता लत्याउँदै राष्ट्रिय खेलकुद परिषदले तेक्वान्दोका दुई संघलाई राष्ट्रिय मान्यता दिएका कारण सुरु भएको नेपाली तेक्वान्दोको विवाद उत्कर्षमा पुगेको छ ।

  • ​स्वारेजलाई फापेको बार्सिलोना

    वैशाख ९ – आइतबार राति भएको कोपा डेल रे को फाइनलमा सेभियाविरुद्ध बार्सिलोनाले गरेको ५ मध्ये २ गोल गरेका स्पेनिस क्लब बार्सिलोनाका स्टार स्ट्राइकर लुइस स्वारेजले सन् २०१४ मा बार्सिलोनामा आवद्ध भएपछि बार्सिलोना फाइनलमा पुगेको सबै खेलहरुमा गोल गरेका छन् ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया