राजनीति
कानुन संशोधनको गृहकार्य भइरहेको छ : मन्त्री थापा
- Sunday, Apr 15, 2018
- 06:23 AM ( 1 week ago )
- Total Views: 1.4 K
म्याग्दी, बैशाख २ – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममायाँ थापाले महिला हिंसाका घटना न्यूनीकरणका लागि वर्तमान कानुन संशोधन आवश्यक रहेको बताउनुभएको छ ।
रघुगंगा गाउँपालिका – १ बेगखोलामा रहेको महादेव माविको स्वर्णजयन्ती समारोह एवं विद्यालय पुनःनिर्माण अभियानको आज थालनी गर्दै उहाँले बलात्कारलगायत महिला हिंसाको घटनामा संलग्नलाई कडा कारवाही गर्न कानुन संशोधनको गृहकार्य गरिरहेको बताउनुभयो ।
‘चार पाँच वर्षका बालिका र अपांगता भएका महिलामाथि पनि बलात्कार जस्ता जघन्य अपराध हुने गरेको छ, यस्तो घटनामा संलग्नलाई सर्वस्वसहित जन्मकैदको कानून आवश्यक छ’– मन्त्री थापाले भन्नुभयो ।
महादेव माविको पुनःनिर्माणका लागि प्रवासी बेगखोलाबासीले झण्डै दुई करोड रुपैयाँ संकलन गर्ने गरी अभियान थालनी गरेको भन्दै उहाँले उक्त कार्यको प्रशंसा गर्नुभयो । जन्मथलोको विकासमा प्रवासीले देखाएको अनुकरणीय कार्यको सरकारले उच्च प्रसंसा गर्ने बताउँदै उहाँले सबै नेपालीहरुको साथ र सहयोगले मात्रै मुलुकको विकास र समृद्धि हासिल हुने बताउनुभयो ।
सो अवसरमा एनआरएन युकेका अध्यक्ष एवं बेगखोला कल्याणकारी समाज युकेका अध्यक्ष योगकुमार फगामीले विद्यालयको पुनःनिर्माण अभियानमा एक करोड ३३ लाख रुपैयाँ संकलन भइसकेको जानकारी दिनुभयो ।
– रासस
सम्बन्धित सामग्रीहरु
-
कर्णालीका सांसदले भने : नीति तथा कार्यक्रम स्वागतयोग्य छ, कार्यान्वयनमा जोड दिउँ
सुर्खेत, वैशाख ११ – कर्णाली प्रदेश सरकारले प्रदेशसभामा पेश गरेको नीति तथा कार्यक्रममाथि मंगलबारदेखि छलफल सुरु भएको छ ।
-
एकताबाट कोही भाग्नु हुँदैन : रक्षामन्त्री पोखरेल
काठमाडौं, वैशाख ११ – नेकपा एमालेका महासचिव तथा रक्षा मन्त्री इश्वर पोखरेलले एमाले–माओवादी पार्टी एकताबाट कोही भाग्न नहुने बताउनु भएको छ ।
-
विकासमा एकजुट हुनुको विकल्प छैन : प्रदेश प्रमुख कोइराला
मकवानपुर वैशाख ११ – तीन नम्बर प्रदेश प्रमुख अनुराधा कोइरालाले प्रदेशको विकासका लागि एकजुट भएर अघि बढ्नुको विकल्प नरहेको बताउनुभएको छ ।
-
आईजी साब आक्रमणकारी कहाँ छन्, तत्काल पक्राउ गर्नुस् – सचिव श्रेष्ठ
भक्तपुर, वैशाख ११ – नेकपा एमाले केन्द्रीय कार्यालयका सचिव एवं नेता कृष्णगोपाल श्रेष्ठले गएको शनिबार मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि आक्रमण गर्ने आक्रमणकारीलाई तत्काल पक्राउ गर्न प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई आग्रह गर्नुभएको छ ।
-
पार्टी एकतापछि पछुताउनुभन्दा अगाडि नै समय लिनु राम्रो : प्रचण्ड
चितवन, वैशाख ११ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकीकरण गर्ने मिति वैशाख १४ गते तोकिने बताउनुभएको छ ।
-
सेवाग्राहीसँग घुस लिँदै गरेका अधिकृत अख्तियारको फन्दामा
बाँके,वैैशाख ११ – अख्तियार दुरुपयोग अनुसन्धान आयोग शाखा कार्यालय कोहलपुरले सेवाग्राहीसँग घुस लिँदै गरेका नेपालगञ्जबाट फार्मेसी अधिकृतलाई रंगेहात पक्राउ गरेको छ ।
- कर्णालीका सांसदले भने : नीति तथा कार्यक्रम स्वागतयोग्य छ, कार्यान्वयनमा जोड दिउँ
- एकताबाट कोही भाग्नु हुँदैन : रक्षामन्त्री पोखरेल
- गुण्डा नाइके रिगललाई सर्वस्वसहित जन्मकैद
- विश्वकपमा यस्तो जर्सी लगाएर उत्रिँदैछन नेपाली बालबालिका
- हैदराबाद हारको ह्याट्रिकबाट जोगिन्छ कि मुम्बईले दोस्रो जित हात पार्नेछ ?
- विकासमा एकजुट हुनुको विकल्प छैन : प्रदेश प्रमुख कोइराला
- घर फर्कन खोज्दा कम्पनीले नदिएपछि मलेसियामा बिरामी परेका प्रदिप समस्यामा
- आईजी साब आक्रमणकारी कहाँ छन्, तत्काल पक्राउ गर्नुस् – सचिव श्रेष्ठ
- चिनीमा युरिया मिसाइएको ग्राहकको गुनासो, प्रशासनले थाल्यो छानबिन
प्रतिक्रिया दिनुहोस