MENU

खेल

​बार्यन म्यूनिखको नयाँ प्रशिक्षकमा कोभाक अनुबन्धित

बैशाख, २ – जर्मन च्याम्पियन बार्यन म्यूनिखको नयाँ प्रशिक्षकमा क्रोएशियाली निको कोभाक अनुबन्ध भएका छन् । नयाँ सिजनसँगै उनले वर्तमान प्रशिक्षक जुप हेनेक्सलाई प्रतिस्थापन गर्नेछन् ।

बार्यनका अनुसार कोभाकसँग उसले ३ वर्षको सम्झौता गरेको छ । कोभाक फ्र्यांकफर्टबाट बार्यन गएका हुन् । सिजनको प्रमुख तीन उपाधिको खोजीमा रहेको बार्यनले हेन्क्सलाई नै निरन्तरता दिन चाहेको थियो । उनले गएको अक्टोवरमै सिजनको अन्त्यपछि सन्यासको घोषणा गरेका थिए । ७२ वर्षीय उनले क्लबसँग नयाँ सम्झौता गर्न चाहेनन् ।

‘निको कोभाकले जुलार्इ १, २०१८ देखि बार्यनको प्रशिक्षण संहाल्नेछन्,’ क्लबका खेलकुद निर्देशक हसन सालिहामिजिकले भने, ‘हामीले हिजो मात्रै ३ वर्षको सम्झौता गरेका छौं ।’

४६ वर्षीय कोभाकले खेलाडी छँदा लामो समयसम्म बुण्डेसलिगा खेलेका थिए । उनले सन् २००१ देखि ००३ सम्म बार्यनबाट पनि खेलेका थिए । समाचारहरुमा जनाइएअनुसार उनले बार्यनसँग २।५ मिलियन डलरको सम्झौता गरेका छन् ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • एन्फाको चुनाव वैशाख २२ गते हुने

    काठमाडौं, वैशाख ८ – अखिल नेपाल फुटबल संघ एन्फाको चुनाव वैशाख २२ गते शनिबार काठमाडौंमा हुने भएको छ । एन्फाको निर्वाचन समितिले आइतबार चुनावको मिति तोकेको हो ।

  • जापानमा सम्पन्न तेक्वान्दोमा नेपाललाई तीन स्वर्ण

    वैशाख ९ – जापानमा सम्पन्न १६ औँ डब्ल्यूएटीए ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसीपमा नेपालले तीन वटा स्वर्ण पदक जितेको छ ।

  • दक्षिण एशियाली जुडोमा भारतको बर्चश्व

    वैशाख ९ – आठौं दक्षिण एशियाली जुडो प्रतियोगितामा दक्षिण एशियाली महारथी भारतले एकछत्र बर्चश्व कायम गरेको छ ।

  • नेपाली तेक्वान्दोकाे विवाद उत्कर्षमा

    काठमाडौं, वैशाख ९ – खेलकुद ऐन र अन्तर्राष्ट्रिय मान्यता लत्याउँदै राष्ट्रिय खेलकुद परिषदले तेक्वान्दोका दुई संघलाई राष्ट्रिय मान्यता दिएका कारण सुरु भएको नेपाली तेक्वान्दोको विवाद उत्कर्षमा पुगेको छ ।

  • ​स्वारेजलाई फापेको बार्सिलोना

    वैशाख ९ – आइतबार राति भएको कोपा डेल रे को फाइनलमा सेभियाविरुद्ध बार्सिलोनाले गरेको ५ मध्ये २ गोल गरेका स्पेनिस क्लब बार्सिलोनाका स्टार स्ट्राइकर लुइस स्वारेजले सन् २०१४ मा बार्सिलोनामा आवद्ध भएपछि बार्सिलोना फाइनलमा पुगेको सबै खेलहरुमा गोल गरेका छन् ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया