MENU

खेल

​लिभरपुलको शानदार जित

बैशाख २ – इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले बर्नमाउथलाई ३–०ले हराएको छ । आइतबार बिहान भएको खेलमा लिभरपुललाई जिताउन माने, सलाह र फिरिमिन्होले गोल गरे । 

खेलको सातौं मिनेटमै मानेको गोलमा लिभरपुलले अग्रता लिएको थियो । पहिलो हाफमा १ शुन्यको अग्रता लिएको लिभरपुलका लागि ६९ औं मिनेटमा सलाहले अर्को गोल थपे । खेलको ९० औं मिनेटमा फिरमिन्होले अर्को गोल गर्दै टिमको स्कोर ३–० मा पुर्याए । 

नतिजासँगै अंक तालिकाको तेश्रो स्थानमा रहेको लिभरपुलले ३४ खेलबाट ७० अंक बनाएको छ । चौथो स्थानको टोटनह्यामको ३३ खेलबाट ६७ अंक छ । 

 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया