MENU

समाज

जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौंको सतुंगलमा जीपको ठक्करबाट धादिङको गल्छी ४ का सोमबहादुर तामाङको ज्यान गएको छ । 

बा १७ च ९३३० नम्बरको जीपले बा ८० प ९२२३ नम्बरको  मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइल चालक सोमबहादुरको ज्यान गएको हो । 

काठमाडौंको नैकापमा बस्दै आएका गल्छी गाउँपालिका ४ का ४२ वर्षीय सोमबहादुरको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया