अन्तर्राष्ट्रिय
क्यानडाको टोरोन्टो मादलमय बन्यो, क्यानडाका प्रधानमन्त्रीले गरे प्रशंसा
- Sunday, Apr 15, 2018
- 09:55 AM ( 2 weeks ago )
- Total Views: 3.2 K
वैशाख २ – क्यानडाको टोरन्टोको एक कम्पलेक्समा १२ जना मादल बजाएर नेपाली गीत गाइरहेका थिए । नयाँ वर्षको अवसर पारेर आयोजना गरिएको मादलमय कार्यक्रम आयोजना गर्नुको मुख्य कारण भनेको नेपाली मादललाई क्यानडामा चिनाउनु रहेको थियो ।
नेपाली नयाँ वर्ष २०७५ को सन्दर्भ पारेर टोरोन्टोमा नयाँ वर्षको भव्य स्वागत गरियो । नयाँ वर्षको अवसर पारेर आयोजना गरिएका एक दर्जन बढी कार्यक्रममा एनआरएनएले क्यानडामा मादलमय नयाँ वर्ष मनाएको हो । एनआरएनए क्यानडा, सिर्जनशिल नेपाली समाज, एनसीसीएसले छुट्टा छुट्टै आयोजना गरेको कार्यक्रममा मादलको प्रस्तुती विशेष बन्यो ।
एकै चोटी १२ जनाले मादल बजाई रहँदा नेपाली लोक भाकाहरुले टोरोन्टोका नेपालीलाई मात्र हौँस्याएन त्यहाँ टोरोन्टोका क्यानेडियनलाई समेत उत्साहित बनाएको एनआरएनएका सांस्कृतिक संयोजक सानुराजा महर्जनले जानकारी दिनुभयो ।
यसै सन्दर्भमा नेपाली नयाँ वर्ष २०७५ को सन्दर्भमा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले शुभकामना व्यक्त गर्दै क्यानडामा रहेका नेपाली समुदायले आफ्नो भाषा, संस्कृति र परम्परालाई निरन्तरता दिएकोमा खुसी व्यक्त गरे ।
उनले क्यानडा बहुसांस्कृतिक देश भएकाले यसमा नेपाली समुदायको पनि उत्तिकै स्थान रहेको र क्यानडा सरकारले नेपाली समुदायको सँधै हित चाहेको बताए ।
सम्बन्धित सामग्रीहरु
-
‘इयरफोन’ ले लियो १३ विद्यार्थीको ज्यान
वैशाख १३ – भारतको उत्तर प्रदेशको कुशीनगर रेल र स्कुल भ्यान एक आपसका ठोक्किँदा १३ जना विद्यार्थीको ज्यान गएको छ । आठ जना विद्यार्थी गम्भीर घाइते भएका छन् ।
-
आजीवन जेलमै सड्नेछन् आसाराम बापू
वैशाख १२ – नाबालिग बालिकालाई बलात्कार गरेको मामिलामा जोधपुर अदालतले धर्मगुरु आसाराम बापूलाई दोषी ठहर गर्दै आजीवन कारावासको सजाय सुनाएको छ ।
-
भारतीय प्रधानमन्त्री मोदीको हत्याको षड्यन्त्र रचेको आरोपमा रफीक पक्राउ
वैशाख ११ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हत्याको षड्यन्त्र रचेको आरोपमा भारतीय प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
-
यस्तो बफादार कुकुर : जसले हराएकी तीन वर्षीया बालिकालाई १६ घण्टासम्म कुरेर बस्यो
वैशाख १० – कहिलेकाहीँ मानिसले नगर्ने काम जनावरले गरेर सबैको मन जितेका हुन्छन् ।
-
किन बन्द गर्याे दक्षिण कोरियाले उत्तरतर्फ फर्काएर राखेका स्पिकर ?
वैशाख १० – दक्षिण कोरियाले उत्तर कोरियातर्फ फर्काएर राखेको स्पिकर बन्द गरेको छ ।
-
गेल फर्किए, युवराजलाई आराम
वैशाख १३ – आईपीएलमा सनराईजर्स हैदराबादविरुद्धको आजको खेलमा किंग्स इलाभेन पन्जाबले टस जितेर बलिङ रोजेको छ ।
- ढाकाबाट आएका बस धुलिखेल पुगे
- गहभरी आँसु बनाउँदै गुरु कुमारले चेली कृपालाई बिदाई गरे
- पर्वतमा बस दुर्घटना : २१ जना घाइते
- नेपाल इञ्जिनियरिङ कलेजमा करोडौं अनियमितता : नेविसंघद्वारा आन्दोलनको घोषणा
- डेथ ओभरमा धेरै रन दिनु बलरहरुको अपराध : कोहली
- दिनभर खेतमा मुसा खोज्दै बस्ने बालबालिकालाई सुन्तलीले गरिन् विद्यालय भर्ना
- आईसीसीको सदस्य रहेका देशबीच हुने सबै टी–२० खेलले अन्तर्राष्ट्रिय मान्यता पाउने
- विश्वकप क्रिकेटको खेलतालिका सार्वजनिक, भारत र पाकिस्तानको खेल जुन १६ मा
- माइभ्याली गोल्डकप : पुलिसलाई हराउँदै थ्रीस्टार सेमिफाइनलमा
प्रतिक्रिया दिनुहोस