MENU

समाज

ujyaalo forign call inside

​विद्यालय नपठाउने अभिभावकलाई नगरपालिकाले सेवासुविधाबाट वञ्चित गर्ने

महोत्तरी, वैशाख २ – गौशाला नगरपालिकाले छोराछोरीलाई विद्यालय नपठाउने अभिभावकको हकमा नगरपालिकाबाट उपलब्ध हुने हरेक सुविधा वञ्चित गर्ने निर्णय गरेको छ । वैशाखको पहिलो सातादेखि सुरु हुने विद्यालय भर्ना अभियानलाई सफल बनाउनको लागि यस्तो निर्णय गरिएको नगरपालिकाको कार्यालयले जनाएको छ ।

बालबालिका   भविष्यका    कर्णाधार भएकाले बालबालिकालाई  घरघरबाट   विद्यालय   पठाउन   आग्रह  गर्दै  मेयर  शिवनाथ महतोले  यस शैक्षिक सत्रमा बालबालिका विद्यालय  नपठाए  अभिभावकलाई नगरपालिकाबाट पाउने हरेक सेवा सुविधा कटौती हुने बताउनुभयो । 

मेयर महतोले विद्यालयमा जाँदा पाठ्य पुस्तक पाइएनलगायतका बहानाबाजी नचल्ने बताउनुभयो । त्यस्तै नगरप्रमुख महतोले विद्यालय व्यवस्थापन  समितिका  अध्यक्ष  र  प्रधानाध्यापकलाई    पाठ्यपुस्तक    वितरण   गर्नका लागि   निर्देशन  समेत  दिनुभयो  । 

त्यस्तै  कार्यक्रमलाई  सम्बोधन  गर्दै  प्रमुख  प्रशासकिय  अधिकृत  कृष्णप्रसाद  चापागाईले  डिजिटल  हाजिरी  र  सीसीटीभी विद्यालयमा लगाउने    प्रक्रिया    अगाडि   बढिसकेको   जानकारी   दिनुभयो ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया