MENU

समाज

ujyaalo forign call inside

स्वामित्व विवादले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान अलमलमा

दाङ, वैशाख २ –  घोराहीमा रहेको राप्ती उपक्षेत्रीय अस्पताल कस्को स्वामित्वमा रहने भन्ने विवादका कारण राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान अलमलमा परेको छ ।

प्रतिष्ठानमा पदाधिकारी नियुक्त भएको चार महिना भैसक्दा पनि अहिलेसम्म आफ्नो कार्यालयसमेत स्थापना गर्न सकेको छैन । प्रतिष्ठानका पदाधिकारीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको ऐनमा नै राप्ती उपक्षेत्रीय अस्पताल प्रतिष्ठान अन्तर्गत रहने भन्ने उल्लेख भएकाले आफू मातहतमा रहने दावी गर्दै आएका छन् भने उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर जनार्दन पन्थीले मन्त्रालयबाट निर्देशन नआउँदासम्म प्रतिष्ठानलाई अस्पताल हस्तान्तरण गर्न नसकिने बताउनु भएको छ ।

प्रतिष्ठानले स्टाफ नर्स, मेडिकल अफिसर, कन्सल्टेण्ट डाक्टरलगायतको पदमा नयाँ भर्नाका लागी अन्तरवार्ता लिईरहँदा स्वास्थ्य मन्त्रालयले प्रतिष्ठानलाई सबै प्रकारका भर्ना प्रकृया रोक्न निर्देशन दियो । स्वास्थ्य मन्त्रालयका नीति योजना तथा अन्तर्राष्ट्रिय महाशाखा प्रमुख महेन्द्र श्रेष्ठले प्रतिष्ठानले तत्काल गर्नुपर्ने काम अरु नै भएकोमा अस्पताल विना नै कर्मचारी भर्ना गर्न थाल्नु ठिक नभएको बताउनुभयो ।

विवादको बारेमा सत्य तथ्य बुझ्न मन्त्रालयबाट दाङ आएको तीन सदस्यीय टोलीले जिल्लाका जनप्रतिनिधिलगायत सरोकारवालासँगको छलफल पछि एक हप्ता भित्र विवाद समाधान गर्ने आश्वासन दिएर फर्किएको छ । मन्त्रालयको टोलीले विवाद मिले पनि चालु आर्थिक वर्षभित्र राप्ती उपक्षेत्रीय अस्पताल प्रतिष्ठान मातहतमा नआउने बताएको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया