MENU

समाज

घर फर्कने पैसा पठाइदिनु भनेको छोरो हराएपछि

रमा मगर/उदयपुर ।

वैशाख २ –  उदयपुरको भलायडाँडा घ्याम्पेमा वरिपरी जङ्गलले घेरिएको सानो बस्ती । यो गाउँका मानिस जागिरभन्दा बढी कृषिमै रमाउँछन् । खेतिपातीमा रमाउन नसकेकाहरु मनका कमाउने र थाप्लोमा साहुको ऋण बोकेर विदेश लाग्छन् । 

६० वर्षका मानबहादुर अधिकारीको घर पनि यही बस्तीमा पर्छ । गाउँमा चलिएको चलन । मानबहादुरले नआँटेको मुग्लान जाने बाटो छोराले तताए । छोराले तताएको यो बाटोले मानबहादुरको घरव्यवहार उकासेन । मलेसियामै भासिए उहाँका छोरा धनबहादुर । 

‘समस्यामा परेको बेला बुवाले पैसा पठाएन भनेर रिसायो कि जस्तो पनि लाग्छ,’ मानबहादुरलाई छोराले मलेसिया पुगेको एक महिना नबित्दै घर फकिर्नन भन्दै पैसा पठाइदिनु भन्नुभएको थियो ।

‘यहाँ कम्पनी राम्रो परेन, घर आउछु पैसा पठाइदिनु भन्थ्यो, उसले जानेबेलाको ऋण त छँदैथियो फेरि मैले पैसा पठाउन सकिन, त्यसैले रिसायो जस्तो छ,’ मानबहादुरले अनुमान लगाउनुभयो । 

२०७१ जेठमा मलेसिया जानुभएको थियो धनबहादुर । छोरालाई मलेसिया उड्उनका लागि एक लाख २० हजार रुपैयाँ साहुको ऋण काढ्नु प¥यो मानबहादुरले । त्यसमाथि एक महिना पनि नबित्दै छोराले पैसा माग्दा उहाँले पठाउन सक्नुभएन । 

पैसा कमाएर ल्याउछु भन्दै सात समुन्द्र पारी पुगेको छोरोलाई पैसाकै कारण गुमाउनै पर्ने हो कि भन्ने चिन्ताले धनबहादुरको भोक निन्द्रा हराएको छ । 
...
धनबहादुर १९ वर्षको उमेरमै मलेसिया लाग्नुभएको थियो । खेतीकिसानीले घरव्यवहार चलाउन धौ धौ भएपछि मानबहादुले ऋण काढेरै भएपनि हुर्केको छोरालाई परदेश पठाउनुभयो । काम कस्तो थियो, कम्पनी कस्तो थियो त उहाँ जान्नुहुन्न तर छोराले काम राम्रो भएन भनेकाले विदेशमा समस्या पर्‍यो भन्ने लाग्छ उहाँलाई । 

मानबहादुरले छोराको नम्बरमा धेरै पटक फोन गर्नुभयो । तर न त यताको प्रयास सफल भयो न त धनबहादुरको फोन आयो । ‘फोन गरिहाल्छ कि भनेर मोवाइल बोकेरै हिड्छु, टावर आउने ठाउँमा राख्छु तर गर्दैन, यतिलामो समयसम्म रिसाउने बानी पनि थिएन,’ मानबहादुर लामो सास तान्नुहुन्छ ।

छोराको फोन आउन छाडेपछि मानबहादुरले पठाउने एजेन्ट दिपेश खत्रीलाई छोराको खोजी गरिदिन आग्रह गर्नुभयो । आकर्षण इन्टरनेशनल प्रालिमा पनि छोरो सम्पर्कविहीन भएको भन्दै खोजिदिन गुहार गर्नुभयो । ‘सबैलाई भने मेरो छोरो हरायो भनेर तर कसैले वास्ता गरेनन्, म कहाँ खोजु छोरालाई, मसँग न कुनै कागजपत्र छ न त फोटो नै,’ मानबहादुर गुनासो गर्नुहुन्छ ।

धनबहादुरसँगै मलेसिया गएका साथी भीम अधिकारी नेपाल फर्किसक्नुभयो । उहाँका अनुसार, धनबहादुर कम्पनी छाडेर भग्नुभएको थियो । तर कहाँ जानुभयो कसैलाई पनि जानकारी छैन । 

मानबहादुरलाई छोरासँग फोन नम्बर नभएर फोन नगरेको हो कि जस्तो पनि लाग्छ । ‘बावु तिमी आउ, नभएपनि हामीलाई फोन गर,’ मानबहादुर छोरा खोजििदन सबैलाई आग्रह पनि गर्नुहुन्छ । 

छोरासँग फोन नम्बर नगएको भए उहाँले ९८६२८१७७३७, ९८४२९०२३१५ नम्बरमा सम्पर्क गर्न आग्रह गर्नु भएको छ । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया