MENU

समाज

२ हजार रुपैयाँ लिएर पनि यौन सम्पर्क राख्न नमानेपछि युवतीको हत्या

काठमाडौँ, वैशाख २– घटना गएको चैत २३ गते बिहानको हो ।

काठमाडौंको टोखा नगरपालिका–९ मिलनटोलको न्यू भूमेश्वरी एण्ड अर्जुन पाहुना घरको पहिलो तलाको कोठामा एक महिला मृत फेला परेकी थिइन । अघिल्लो दिन राती गेष्ट हाउसमा बस्न आएका एक जोडीको बील बुझाउन होटलका कर्मचारी गेष्ट हाउसको कोठामा पुग्दा युवती मृत भेटिएकी थिइन । मृत युवतीको घाँटीमा खैरो रङको ट्राउजरले बेरी घुँडाभन्दा तल खैरो रङको रुमालले दुवै खुट्टा बाँधिएको थियो ।

ती युवतीसँगै बस्न आएका पुरुष भने फरार थिए । होटल सञ्चालकले घटना लगत्तै प्रहरीलाई खबर गरे । महानगररिय प्रहरी परिसर काठमाडौंले ती युवतीको हत्या नै भएको ठहर गर्दै उनीसँगै बस्न पुगेका व्यक्तिको खोजी गरिरहेको थियो ।

अन्तत ती युवक पक्राउ परे र उनले नै हत्या गरेको स्वीकार पनि गरेका छन् । युवतीको हत्या अभियोगमा महानगरीय प्रहरी परिसर काठमाडौंले गोपाल शर्मालाई कञ्चनपुरबाट शुक्रबार पक्राउ गरेको थियो ।

प्रहरीले शर्मालाई कञ्चनपुरको भारतीय सीमावर्ती क्षेत्र गड्डाचौकीबाट पक्राउ गरेर काठमाडौं ल्याई शर्मालाई काठमाडौँ जिल्ला अदालतबाट सात दिन म्याद थप गरेर अनुसन्धान गरिरहेको छ । उनले युवतीको हत्या स्वीकार गरिसकेका महानगरीय प्रहरी परिसरका प्रवक्ता मोहनकुमार थापाले जानकारी दिनुभयो ।

राति होटलमा बसेर रक्सी खाएको र मातेपछि महिलाले विभिन्न किसिमको गालीगलोज गर्दै ज्यान मार्ने धम्की दिएपछि आफूले घाँटी थिचेर हत्या गरेको शर्माले प्रहरीसमक्ष बयान दिएका छन । मृतकका बारेमा अहिलेसम्म केही नखुलेको र अनुसन्धान जारी रहेको परिसरले जनाएको छ ।

कसरी भेटिए ती युवक र युवती

सल्यान घर भएका शर्मा रामेछापमा काठको काम गर्थे । चैत २२ गते मात्रै शर्मा काठमाडौं आएका थिए । बेलुकी पख काठमाडौं आइपुगेका शर्मा माछापोखरीमा पुगेका थिए । त्यहिँ ती युवतीसँग उनको भेट भयो । पहिला चिनजान नभए पनि उनीहरु एकैछिनको भेटघाटमा चितपरिचित भए । शर्मा र युवतीले त्यो रात होटलमा बिताउने निधो गरे ।

शर्माले २ हजार रुपैयाँ लिएर युवती रात बिताउन सहमत भएको बयान दिएका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शर्माको युवतीसँग बार्गेनिङ चल्यो र शर्माले युवतीले मागेजति रकम दिएपछि उनी सँगै रात काट्न राजी भइन् ।

प्रहरीका अनुसार टोखाको त्यो होटेलमा बस्ने निधोसमेत युवतीले गरेकी थिइन् । शर्मासँग पैसा लिएपछि युवतीले नै चिनेको होटल छ भन्दै टोखा लगेकी थिइन् । उनीहरु बेलुकी ८ बजेतिर होटलमा पुगे र गेष्ट हाउसको कोठ नम्बर २०३ बुक गरेर बसे । रातपरेपछि दुवैले रक्सीको अर्डर गरे । 

रक्सी खाएपछि शर्माले युवतीसँग यौन सम्बन्ध राख्ने प्रयास गरे तर युवतीले उनको प्रस्ताव अस्वीकार गरिन । युवती पनि रक्सीले मातेकी थिइन् । रक्सीले मातेका शर्माले त्यही झोकमा युवतीको घाँटी थिचेर हत्या गरे । शर्माले युवतीको मृत्यु भएपछि आफ्नै कोटमा रहेको डोरीले युवतीको खुट्टा र हात बाँधे । त्यसपछि शर्मा होटलबाट भागे । त्यो रात शर्माले सडकमै बिताए ।

भोलिपल्ट शर्मा दिनभरि रत्नपार्कमै थिए । दिउँसो ४ बजेपछि शर्मा नेपालगञ्जको गाडीमा चढे । उता होटमा युवती मृत फेला परेपछि होटेल सञ्चालकले प्रहरीलाई खबर गरे । प्रहरीले शर्माको खोजी तिव्र बनाएको थियो । शर्मालाई प्रहरीले शुक्रबार कञ्चनपुरबाट पक्राउ गर्यो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया