MENU

समाज

ujyaalo forign call inside

​वैदेशिक रोजगारलाई सुरक्षित बनाउन धादिङका जनप्रतिनिधि एकमत

रामकुमार थापा/धादिङ । 

वैशाख २ – धादिङको निलकण्ठ नगरपालिकाका जनप्रतिनिधिले आफ्नो नगरपालिकाबाट  वैदेशिक रोजगारीमा जानेहरुलाई चेतना फैलाउने प्रतिबद्धता व्यक्त गरेका छन् । 

वैदेशिक रोजगारमा देखिएको समस्या न्युनीकरण गर्नका लागि गाउँस्तरबाटै जनचेतना फैलाउने बताएका हुन् । चन्द्रज्योति एकिकृत ग्रामिण विकास समाज सिड्स धादिङको आयोजना र सुरक्षित आप्रवासन सामी परियोजनको सहयोगमा सन्चालन भएको कार्यक्रममा नगरपालिकाबाट निर्वाचित वडा अध्यक्षहरुको सहभागिता रहेको थियो । 

नीलकण्ठ नगरपालीकाका प्रमुख भिमप्रसाद ढुङगानाको अध्यक्षता र जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नीलकण्ठ नगरपालीकाका उप–मेयर मनराज भण्डारी, प्रमुख प्रशासकीय अधिकृत जगन्नाथ पन्त, सिड्स धादिङका कार्यकारी निर्देशक गोकर्ण रुपाखेती, सामी पयिोजनाका कार्यक्रम संयोजक गंगा सुवेदी, नीलकण्ठ नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्ष लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभगिता थियो ।

अन्तरक्रिया कार्यक्रममा वैदेशिक रोजगारमा जाने युवाहरुलाई वडाबाटै सूचना प्रवाह गर्नुपर्ने सहभागीहरुले बताएका थिए । कार्यक्रममा नीलकण्ठ नगरपालीकाका प्रत्येक वडामा एक जना सदस्यलाई वैदेशिक रोजगारको सम्पर्क व्यक्ति समेत तोकिएको छ । 

नीलकण्ठ नगरपालीका वडा नम्बर १ मा एन्जिला तामाङ, २ मा भिमराज गुरुङ, ३ मा सिताराम श्रेष्ठ, ५ मा नवराज ढुङगाना, ६ मा सकुन्तला मगराती, ७ मा गौतमहरी अधिकारी, १४ मा श्याम बहादुर शाह, १० मा हरिराम रानामगर, १२ ओमनारायण श्रेष्ठलाई तोकिएको छ । अन्य वडामा भने यस अघिनै वडा कार्यालयले सम्पर्क व्यक्ति तोकिसकेको छ । सम्पर्क व्यक्ति तोकेपछि उहाँहरुले बैदेशिक रोजगारलाई सुरक्षित र भरपर्दो बनाउनका  लागि पहल गर्नेछन् ।   

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया