MENU

समाज

ujyaalo forign call inside

जिब्रो छेडेर टोलटोल घुमे बुद्धकृष्ण (फोटोफिचर)

भक्तपुर, वैशाख २ – विस्केट जात्रामा मनाइने थिमी बोडेको प्रसिद्ध जिब्रो छेड्ने जात्रामा आइतबार दिउँसो थिमी बोडे – ८ का ४६ वर्षीय बुद्धकृष्ण वागश्रेष्ठले जिब्रो छेड्नु भयो ।

चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार ब्रत बसेर जिब्रो छेड्ने गरिन्छ । यसरी जिब्रो छेडेर  महाद्धिप बोकेर टोल टोलमा गई यो जात्रा मनाइन्छ ।


 
कर्मी र नाइकेहरूले विभिन्न देवगणको पूजा गरेपछि जिब्रो छेड्ने जात्रा देखाइन्छ । आइतबार बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटीमा नकर्मीले एक महिनाअघि तयार पारी तेलमा डुबाइराखेको १० ईन्च लामो सुइरोले हजारौँ मानिसहरूकै अगाडि वागश्रेष्ठको जिब्रो छेडियो ।

जिब्रो छेडेपछि चन्द्राँकारकोे भ्वाय् अर्थात महाद्विप बोकेर टोल टोल घुमेका वागश्रेष्ठले फेरि भाँगु टोलमा पुगेर पाँचो गणेश मन्दिरमा जिब्रो छेडेको सुइरो निकालेर महालक्ष्मी मन्दिरमा राखिएको थियो ।

जिब्रोको घाउमा महालक्ष्मी मन्दिरको माटो झिकेर लाएर जिब्रो छेड्ने व्यक्तिले नाट्यश्वरको पूजा गरेका थिए । प्वाल भएको जिब्रोमा महालक्ष्मीको माटो लगाए घाउ निको हुने र त्यसमा अन्य औषधि लाउनुनपर्ने श्रेष्ठले बताउनुभयो ।

परम्परादेखि चल्दै आएकोे जिब्रो छेड्ने जात्रालाई लोप हुनबाट जोगाउन यसवर्ष आफूले बिज्रो छेडेको बताउँदै उहाँले यसअघि २०६२ सालदेखि २०६५ सालसम्म चारवर्ष निरन्तर जिब्रो छेड्नु भएको थियो ।

उहाँले भन्नुभयो ‘विभिन्न रोगका कारण डाक्टरले बाँच्दैन भनेका थिए । त्यहीवर्ष मैले जिब्रो छेडेँ, मेरो रोग निको भयो, त्यसपछि रोजगारीका लागि कोरिया गएँ, उताबाट फर्किएपछि थिमिको कोरिया नेपाल मैत्री अस्पतालमा निरन्तर एम्बुलेन्स चलाई रहेको छु, परिवार पनि धेरै राम्रो भएर आयो, अहिले भगवान प्रतिको त्यही विश्वास र आस्थाले परम्परा जोगाउन फेरि जिब्रो छेड्ने जात्रालाई जोगाउँन जिब्रो छेड्न थालेको हुँ ।’

२०६० सालसम्म उहाँकै दाजु कृष्णचन्द्र वागश्रेष्ठले १२ वर्षसम्म निरन्तर रुपमा जिब्रो छेडेर जात्रा चलाईएको र उहाँले २०६१ सालदेखि ०६४ सालसम्म जिब्रो छेड्नु भएको थियो । उहाँको आमाको निधन पछि बोडेको जुजुभाई बाँसश्रेष्ठले ०६५ देखि ०७२ सम्म जिब्रो छेड्नु भयो । बुद्धकृष्णले यसवर्ष छैटौँ पटक जिब्रो छेड्नु भएको हो ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया