समाज
होटलमा भाँडा माझ्ने बालक विद्यालय भर्ना गरेर ‘भर्ना अभियान’को सुरु
- Sunday, Apr 15, 2018
- 18:48 PM ( 7 days ago )
- Total Views: 2.5 K
प्रेमनारायण आचार्य/उज्यालो ।
अर्घखाँची, वैशाख २ – सन्धिखर्कको सन्ध्या होटलमा भाडा माझ्ने १३ वर्षका बालकलाई विद्यालयमा भर्ना गराएर अर्खखाँचीमा विद्यालय भर्ना अभियानको सुरुवात गरिएको छ ।
सन्धिखर्क–२, चुत्राबेशी भक्तिटोलका १३ वर्षका राजुलाई घर नजिकै रहेको गंगा आधारभूत विद्यालयबाट कक्षा २ पास गरेपछि कक्षा ३ मा भर्ना भए । पछि उनी विद्यालय आउन छाडे । आर्थिक अभावकै कारण उनले सन्धिखर्कको सन्ध्या होटलमा भाडा माझ्ने काम गर्न थालेका थिए ।
उनलाइ आइतबार पुनः गंगा आधारभूत विद्यालयको कक्षा तीनमा भर्ना गरिएको छ । जिल्ला शिक्षा समन्वय एकाइ र सन्धिखर्क नगरपालिकाको पहलमा उनलाई भर्ना अभियानको पहिलो दिन आइतबार विद्यालयमा भर्ना गरिएको हो ।
सन्धिखर्क नगरपालिकाका अनुसार उनी जस्तै १ सय २४ जना बालबालिका विद्यालय बाहिर रहेका छन् । विद्यालय बाहिर रहेका सबै विद्यार्थीलाई विद्यालय भर्ना गरिने सन्धिखर्क नगरपालिकाका शिक्षा प्रमुख बलराम मिश्रले जानकारी दिनुभयो ।
बालबालिकालाई विद्यालयमा भर्ना गराउनका लागि सबै अभिभावक, शिक्षक तथा नगरबासीले सहयोग गर्नुपर्ने सन्धिखर्क नगरपालिकाका प्रमुख कमलप्रसाद भूसाल बताउनुभयो ।
‘सामुदायिक विद्यालयमा विद्यार्थी नै छैनन । निजी विद्यालयमा विद्यार्थीको चाप छ । सामुदायिक विद्यालय दलित, जनजाती र गरिबहरुले पढ्ने विद्यालय बनेको छ’, भूसालले भन्नुभयो, ‘अब सबैले सामुदायिक विद्यालयमा पढाउ र विद्यालयको शिक्षाको गुणस्तर वृद्धि गर्नुपर्छ ।’
सम्बन्धित सामग्रीहरु
-
नगरपालिकाले भत्काउन थाल्यो अतिक्रमण गरी बनाएका घर टहरा
धादिङ, वैशाख ९ – नीलकण्ठ नगरपालिकाले अतिक्रमित गरी बनाइएका घर टहरा भत्काउन सुरु गरेको छ । नगरपालिकालाई व्यवस्थित गर्ने गुरु योजना अनुरुप घर टहरा भत्काउन सुुरु गरेको हो ।
-
स्थानीय तहमा बेथिति : वडाध्यक्षहरु लाइसेन्सबिनै मोटरसाइकलमा सरर...
काठमाडाैं, वैशाख ८ – चालक अनुमतिपत्र अर्थात् लाइसेन्स नभई सवारीसाधन चलाउन नपाइने नियम सबैका लागि हो । तर, बर्दियाको ठाकुरबाबा नगरपालिकाका छ जना वडाअध्यक्ष लाइसेन्सबिनै मोटरसाइकल चलाइरहेका छन् ।
-
आज विश्व पृथ्वी दिवस मनाईँदै
काठमाडौं, वैशाख ९ – आज विश्व पृथ्वी दिवस । नेपालमा पनि विभिन्न चेतनामुलक कार्यक्रम गरी मनाईँदैछ ।
-
डोटी जीप दुर्घटना (अपडेट) : थप दुई जनाको ज्यान गयो
डोटी, वैशाख ९ – डोटीमा शनिबार दिउँसो भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ५ पुगेको छ ।
-
आज राति उल्का वर्षाको रमाइलो दृश्य देख्न सकिने
काठमाडौं, वैशाख ९ – आइतबार राति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देख्न सकिने भएको छ ।
-
नगरपालिकाले भत्काउन थाल्यो अतिक्रमण गरी बनाएका घर टहरा
धादिङ, वैशाख ९ – नीलकण्ठ नगरपालिकाले अतिक्रमित गरी बनाइएका घर टहरा भत्काउन सुरु गरेको छ । नगरपालिकालाई व्यवस्थित गर्ने गुरु योजना अनुरुप घर टहरा भत्काउन सुुरु गरेको हो ।
- आइतबारका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको सटही दर
- स्थानीय तहमा बेथिति : वडाध्यक्षहरु लाइसेन्सबिनै मोटरसाइकलमा सरर...
- सिरियामा रासायनिक हतियार प्रयोगबारे छानबिन सुरु
- आज विश्व पृथ्वी दिवस मनाईँदै
- डोटी जीप दुर्घटना (अपडेट) : थप दुई जनाको ज्यान गयो
- पार्टी एकताको सन्देश दिन एमाले र माओवादीले संयुक्त सभा गर्दै
- इंग्लिस प्रिमियर लिग : लिभरपुल बराबरीमा रोकियो
- उपत्यकामा औसतभन्दा धेरै वर्षा
- फेरि चम्किए गेल, कोलकाताको ‘निस्कियो तेल’
प्रतिक्रिया दिनुहोस