MENU

मनोरञ्जन

ujyaalo forign call inside

​सैफसँग विवाह गरेको भन्दै करिना ट्रोल बनेपछि स्वरा भास्करले दिइन कडा जवाफ

वैशाख २ – भारतको जम्मू कश्मीरको कठूवामा आठ वर्षीय बालिकामाथि सामूहिक बलात्कारपछि गरिएको हत्याप्रति भारतभरबाट यसको चौतर्फी बिरोध भइरहेको छ ।

त्यही घटनाको बिरोधमा बलिउड कलाकारले पनि सामाजिक सञ्जालमार्फत आफ्नो विरोध प्रर्दशन गरेका छन् । करीना कपूर, सोनम कपूर, स्वरा भास्कर, रविनालगायतका बलिउड अभिनेत्रीहरुले पनि यसघटनाको विरोध स्वरुप सामाजिक सञ्जालमा एक कार्डसहितको आफ्नो फोटो सेयर गरेका छन । जसमा लेखिएको छ ‘म हिन्दुस्तान हुँ र म लज्जित छु ।’

करिना कपूर सामाजिक सञ्जालको प्रयोगदेखि टाढै रहे पनि उनको उक्त कार्ड समातेर खिचिएको फोटो अभिनेत्री स्वरा भास्करले आफ्नो ट्वीटरमार्फत सेयर गरिदिएकी थिइन । उक्त तस्वीर सार्वजनिक भएलगत्तै करिनालाई ट्रोल गर्न सुरु गरियो ।

जब एक ट्वीटर प्रयोगकर्ताले करिनालाई जवाफमा लेखेका थिए कि ‘करिना लज्जित हुनु पर्छ किनकी एक हिन्दुस्तान भएर उनले मुसलमानसँग विवाह गरिन । त्यस पछि छोराको नाम एक क्रुर मुस्लिम शासक तैमुरको नामबाट राखियो ।’



त्यस ट्वीटको जवाफमा अभिनेत्री स्वरा भास्करले पनि लेखिन ‘ तिमी लज्जित हुनुपर्छ किनकी तिमी यस संसारको हिस्सा हौ । भगवानले तिमीलाई दिमाग दिए पनि त्यसका तिमीले केवल घृणा भरेर राखेको छौं ।’



स्वरा भास्कर, सोनम कपूर र करिना कपूर खान यतिबेला एक साथ फिल्म ‘विरे दी वेडिङ्ग’ मा काम गरिरहेका छन । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया