MENU

खेल

एन्फा चुनाव गराउन लागि रिले अनसन बस्ने तयारी

काठमाडौं, वैशाख २ – अखिल नेपाल फुटबल संघ एन्फाको चुनावका लागि दवाव दिन परिवर्तन पक्षधरले रिले अनसन गर्ने भएका छन् ।

अदालती प्रकृयाका कारण एन्फाको चुनाव नहुने निश्चित भएपछि कर्माछिरिङ शेर्पा नेतृत्वको परिवर्तन पक्षधरले ५ गतेदेखि एन्फा कार्यालय हाताभित्रै रिले अनसन बस्ने भएका हुन् । यसअघि तय भएको चुनाव दुई जिल्लाले दायर गरेको मुद्धाका कारण सम्पन्न हुन सकेको थिएन । विवाद भएका दुई जिल्लामा समेत चुनाव भइसकेको अवस्थामा अदालतको जवाफ नदिएकोमा एन्फा चुनावलाई आलटाल गर्ने मनसाय भएको भन्दै रिले अनसन सुरु गरिने भएको परिवर्तन पक्षधरले बताएका छन् ।

परिवर्तन पक्षधरका नेता तथा अध्यक्षका प्रत्यासी कर्माछिरिङ शेर्पाले भने, ‘जिल्लाको विवाद समाधान भइसक्यो, मद्धा दायर गर्नेहरुले फिर्ता पनि नलिने र एन्फाले पनि समयमा जवाफ नदिनुले उसको मनसाय रहस्यमय देखिन्छ ।’

‘एन्फाको कार्यसमितिको समयावधि ७ गतेसम्मका लागि हो । त्यसभित्र पनि चुनाव मार्फत नयाँ कार्यसमिति आउन नसके फिफाबाट नेपाल प्रतिबन्धमा पर्ने सक्नेछ’, एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठले भने, ‘चुनाव गराउन आफू छलफलमा ब्यस्त रहेको छु ।’

अष्ट्रेलियाबाट शनिबारमात्र नेपाल आइपुगेका अध्यक्ष श्रेष्ठले आफ्नो नेतृत्वमा समयमा नै चुनाव गराउने प्रतिवद्धता ब्यक्त गरे । सोमबार भक्तपुर र मकवानपुरलाई मुद्धा फिर्ता गराउनका लागि छलफल गर्ने प्रतिक्रिया अध्यक्ष श्रेष्ठले दिएका छन् ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया