MENU

राजनीति

ujyaalo forign call inside

​‘रिफ्रेस’ का लागि प्रचण्ड परिवारसहित सुकुटेमा

काठमाडौं, वैशाख २ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आरामका लागि भन्दै सिन्धुपाल्चोकको सुकुटे रिसोर्ट जानुभएको छ ।

उहाँ श्रीमती सीता, छोरी ज्वाईँ, नाती नातिनीसहित पारिवारिक जमघटको लागि सुनकोशी किनारको सुकुटे रिसोर्टमा गएको प्रचण्डको सचिवालयले जनाएको छ । 
केही दिन अघिदेखि उहाँ अस्वस्थ रहेको र पार्टी एकता लगायतका तनाव साम्य पार्न सुकुटे गएको सचिवालयले स्पष्ट पारेको छ  ।

उहाँ साेमबार बिहानै काठमाडौं आउने र बिहान १० बजे एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पार्टी एकताको बारेमा छलफल गर्ने कार्यक्रम छ । आइतबार एमालेका अध्यक्षसँग छलफल गर्ने कुनै कार्यतालिका नै नरहेको तर केहि मिडियामा भेट रद्द गरेको गलत समाचार आएको भन्दै सचिवालयले गलत सूचना नदिन पनि आग्रह गरेको छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया