MENU

समाज

ujyaalo forign call inside

बालुवामा सुन (भिडियो कथा)

कर्णाली नदीको किनारामा पर्ने बर्दियाको राजापुरमा एउटा चिटिक्कको गाउँ छ । यो गाउँमा बस्ने सोनाह समुदायका महिला र केटाकेटी बालुवामा सुन खोजेर गुजारा चलाउँछन् ।
 
फुर्सद हुने बित्तिकै उनीहरु बालुवा पखाल्ने आवश्यक सरसामान बोकेर नदीको बगर जान्छन् । सुनका कण कहाँ हुन्छ भनेर पत्ता लगाउँछन् र खनीखोस्री गर्छन् । यसरी खोस्रेको बालुवालाई विशेष प्रकारको काठको भाँडामा राखेर पानीले पखाल्छन् । 
 
हेर्ने कथामा प्रस्तुत छ : सुनको कथा ।
यसरी पानीले पखाल्दा सुनका केही कण भेटिन्छन् । धेरै बालुवा पखालिसकेपछि भेटिएका सुनका मसिना कण जम्मा पारेर घर लैजान्छन् । अनि आफ्नै परम्परागत शैलीमा सुनको प्रशोधन गर्छन् । यसरी प्रशोधन गरिएको सुन बेचेर उनीहरुको गुजारा चल्दै आएको छ ।
 
हेर्ने कथा भिडियो श्रृंखला हरेक अँग्रेजी महिनाको १ तारिख र १५ तारिखमा उज्यालो र हेर्ने कथाको युट्युब च्यानलबाट एकैपटक प्रसारण हुन्छ । 
Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया