MENU

खेल

आर्सनल न्यूक्यासलसँग २–१ ले पराजित

वैशाख ३ – इंग्लिस प्रिमियर लिगमा आर्सनल न्यूक्यासल युनाइटेडसँग पराजित भएको छ । न्यूक्यासलको मैदानमा भएको खेलमा १ – ० को अग्रता कायम राख्न नसक्दा आर्सनल पराजित हुनपुग्यो । 

पिएरे अबामेयाङको पासमा अलेक्सान्द्रे लाकाजेटीले गोल गर्दै आर्सनललाई खेलको १४ औं मिनेटमा अग्रता दिलाए । तर २९ औं मिनेटमा अयोजी पेरेजले न्यूक्यासलका लागि गोल गर्दै खेल बराबरीमा पुर्‍याए । ६८ औं मिनेटमा म्याच रिचीले अर्को गोल थप्दै न्यूक्यासललाई २-१ काे जित दिलाए । 

यही गोलले न्यूक्यासलले आर्सनललाई हरायो । जीतसंगै न्युक्यासलले तीन अंक जोड्दै तालिकामा ४१ अंक बनाएको छ । आर्सनल भने ५४ अंकसहित छैटौं स्थानमा छ ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया