समाज
हरेक महिना गाउँमै पुगेर सेवा दिने डाक्टर
- Monday, Apr 16, 2018
- 08:07 AM ( 6 days ago )
- Total Views: 1.7 K
काठमाडौं, वैशाख ३ – डाक्टर शहरमुखि मात्र भएको गाउँ जानै नमानेको गुनासो नयाँ होइन । गाउँमा डाक्टर नपुग्दा धेरै विरामीले उपचारको अभावमा ज्यान गुमाउनुपरिरहेको छ । शहरका सुविधासम्पन्न अस्पतालमा बग्रेल्ती भेटिने डाक्टर गाउँमा भेटिदैनन् ।
तर यसो भन्दैमा गाउँमा डाक्टर जानै चाहँदैनन् भन्दा अन्याय हुन्छ । केही डाक्टरले दुर्गम क्षेत्रमै पुर्णकालीन रुपमा सेवा पुर्याइरहेका छन् भने केही शहरमा बढी केन्द्रित भए पनि केही समय बचाएर विरामीको जाँच गर्न गाउँ पुग्ने गरेका छन् ।
त्यसैमध्येका एक हुनुहुन्छ डाक्टर मनोरदिन सैयद । उहाँ महिनामा कम्तिमा पनि एकपटक काठमाडौंबाहिरका गाउँमा पुगेर विरामीको उपचार गर्नुहुन्छ । गाउँगाउँमा पुगेर सेवा दिन पाउँदा आनन्द मिल्ने उहाँ बताउनुहुन्छ ।
उहाँले भर्खरै धादिङका विकट ठाउँमा दुईपटक निशुल्क स्वास्थ्यशिविर सञ्चालन गर्नुभएको छ । शिविरमा उपचारका लागि पुगेकी ९० वर्षीया बिरामीलाई आफू कार्यरत मनमोहन अस्पताल स्वयम्भूमा निःशुल्क उपचारका लागि पहल गर्ने बताउनुभएको छ ।
शिविरमा डाक्टर सैयदसँगै डाक्टरहरु श्यामेन्द्र सिंह, रन्जु पौडेल, ज्योति तामाङ, गणेश कार्की, सुवर्ण रिमाल लगायतले सेवा दिनुभएको थियो ।
सम्बन्धित सामग्रीहरु
-
नगरपालिकाले भत्काउन थाल्यो अतिक्रमण गरी बनाएका घर टहरा
धादिङ, वैशाख ९ – नीलकण्ठ नगरपालिकाले अतिक्रमित गरी बनाइएका घर टहरा भत्काउन सुरु गरेको छ । नगरपालिकालाई व्यवस्थित गर्ने गुरु योजना अनुरुप घर टहरा भत्काउन सुुरु गरेको हो ।
-
स्थानीय तहमा बेथिति : वडाध्यक्षहरु लाइसेन्सबिनै मोटरसाइकलमा सरर...
काठमाडाैं, वैशाख ८ – चालक अनुमतिपत्र अर्थात् लाइसेन्स नभई सवारीसाधन चलाउन नपाइने नियम सबैका लागि हो । तर, बर्दियाको ठाकुरबाबा नगरपालिकाका छ जना वडाअध्यक्ष लाइसेन्सबिनै मोटरसाइकल चलाइरहेका छन् ।
-
आज विश्व पृथ्वी दिवस मनाईँदै
काठमाडौं, वैशाख ९ – आज विश्व पृथ्वी दिवस । नेपालमा पनि विभिन्न चेतनामुलक कार्यक्रम गरी मनाईँदैछ ।
-
डोटी जीप दुर्घटना (अपडेट) : थप दुई जनाको ज्यान गयो
डोटी, वैशाख ९ – डोटीमा शनिबार दिउँसो भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ५ पुगेको छ ।
-
आज राति उल्का वर्षाको रमाइलो दृश्य देख्न सकिने
काठमाडौं, वैशाख ९ – आइतबार राति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देख्न सकिने भएको छ ।
-
नगरपालिकाले भत्काउन थाल्यो अतिक्रमण गरी बनाएका घर टहरा
धादिङ, वैशाख ९ – नीलकण्ठ नगरपालिकाले अतिक्रमित गरी बनाइएका घर टहरा भत्काउन सुरु गरेको छ । नगरपालिकालाई व्यवस्थित गर्ने गुरु योजना अनुरुप घर टहरा भत्काउन सुुरु गरेको हो ।
- आइतबारका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको सटही दर
- स्थानीय तहमा बेथिति : वडाध्यक्षहरु लाइसेन्सबिनै मोटरसाइकलमा सरर...
- सिरियामा रासायनिक हतियार प्रयोगबारे छानबिन सुरु
- आज विश्व पृथ्वी दिवस मनाईँदै
- डोटी जीप दुर्घटना (अपडेट) : थप दुई जनाको ज्यान गयो
- पार्टी एकताको सन्देश दिन एमाले र माओवादीले संयुक्त सभा गर्दै
- इंग्लिस प्रिमियर लिग : लिभरपुल बराबरीमा रोकियो
- उपत्यकामा औसतभन्दा धेरै वर्षा
- फेरि चम्किए गेल, कोलकाताको ‘निस्कियो तेल’
प्रतिक्रिया दिनुहोस