MENU

अन्तर्राष्ट्रिय

रुसी कम्पनीलाई प्रतिबन्ध लगाउने अमेरिकाको तयारी

वैशाख ३ – अमेरिकाले सिरियासँग सम्बन्ध राख्ने सबै रुसी कम्पनीलाई प्रतिबन्ध लगाउने तयारी गरेको छ । प्रतिबन्धका बारेमा थप जानकारी सोमबार दिइने अमेरिकाले जनाएको छ । 

राष्ट्रसंघका लागि अमेरिकी राजदुत निक्की हेलीले सिरियामा रसायनिक हतियार प्रयोग हुन नदिन अमेरिका प्रतिबद्ध रहेको समेत बताएको बीबीसीले जनाएको छ । सिरियामा रहेका अमेरिकी सेनालाई ६ महिनाभित्र फर्काउने खबरको खण्डन गर्दै यस्तो कुनै योजना नभएको उनको भनाई छ । 

रुसी राष्ट्रपति भ्लादमिर पुटिनले सिरियामाथि पश्चिमी देशले थप क्षेप्यास्त्र प्रहार गरे अन्तर्राष्ट्रियस्तरमा अस्तव्यस्तता निम्त्याउने चेतावनी दिएका छन् । 

 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया