MENU

समाज

लिटिरी गाउँका ४० परिवार वषौंदेखि पिउँछन् एकै कुवाको पानी

तपेन्द्र बिष्ट/उज्यालो ।

डडेल्धुरा, वैशाख, ३ –कानुनी रुपमा समाज छुवाछुत र भेदभावमुक्त बनेको वर्षौं भयो । समाजमा जातका आधारमा व्यवहारिक तथा सामाजिक विभेद गरेमा त्यो दण्डनीय हुन्छ । तर प्रदेश नम्बर ७ का धेरै जिल्लाका दलित बस्ती सामाजिक रुपमा मात्र हैन, राज्यले उपलब्ध गराउनुपर्ने सेवा र सुविधाका हिसाबले पनि ठगिएका छन् । 

डडेल्धुराको अमरगढी नगरपालिका – ११ लिटिरी गाउँमा दलित समुदायका ४० परिवार एउटा कुवाको पानीमा निर्भर छन् । पर्याप्त पानी नहुँदा उनीहरुलाई शौचालय र सरसफाइमा समेत समस्या भएको छ । ‘नेताहरु भोट माग्न आउँदा जितेपछि सबै पूर्वाधार ल्याइदिने बाचा गर्छन्’ स्थानीय वृद्धा जसुदेवी सार्कीले गुनासो गर्नुभयो, ‘घर–घरमा धारा बनाइदिने आश्वासन दिएर गएका नेता चुनावपछि कहिल्यै बस्तीमा छिरेनन् ।’

आफूहरुको चर्को दवावपछि गाउँमा केही धारा जडान गरिएपनि अहिले ती धारामा पानी नआउँदा निराश बन्नुपरेको स्थानीयवासी बताउँछन् । अहिले उनीहरु पालैपालो गाउँ नजिकैको नाउला अर्थात कुवाको पानी संकलन गरेर जिविका चलाउन बाध्य छन् ।  

यो बस्तीमा ४० परिवार छन् । तर, एउटै कुवा छ । पिउनको लागिसमेत नपुग्ने पानीबाट उनीहरुले नुहाउने लुगा धुने तथा बस्तुभाउका लागि पनि जोहो गर्नुपर्छ । 

पानीको अति नै समस्या भएपछि सानो ट्यांकी बनाइएको छ । त्यही ट्यांकीमा दिनभरी जम्मा हुने पानी दिनमा एक पटक खोलेर परिवारको संख्या अनुसार नापेर वितरण गरिन्छ । त्यो एक गाग्री पानीले खाना बनाउनसमेत नपुग्ने उनीहरु बताउँछन् । थप खानेपानी चाहिएमा कुवा पुग्नुपर्छ । लुगा धुन र नुहाउनका साथै गाइबस्तुका लागि नाउलामा जम्मा हुने पानी कै भर पर्नुपर्छ । 

पानी नहुँदा घरको अरु धेरै काम गर्ने समय पानी खोज्दै सकिने स्थानीय डम्मरी पार्कीले बताउनुभयो । गाउँमा विवाह व्रतबन्ध तथा चाडबाडका बेला पनि सबैभन्दा धेरै पानीकै चिन्ता हुने उहाँ बताउनुहुन्छ । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया