राजनीति
कर्मचारी अभावमा गाउँपालिकाको काम ठप्प, जनप्रतिनिधि भन्छन ‘हामीप्रति नागरिकको विश्वास घट्यो’
- Monday, Apr 16, 2018
- 16:02 PM ( 1 week ago )
- Total Views: 1.4 K
दीपक भट्ट/उज्यालो ।
रामेछाप, वैशाख २ – स्थानीय निकायको चुनाव भएको एक वर्ष पुग्नै लागि सक्दा पनि सरकारले कर्मचारी खटाउन नसक्दा रामेछापका अधिकांश गाउँपालिकाहरुबाट सम्पादन हुने सबैजसो कामहरु ठप्प भएका छन् ।
नयाँ सरकारको गठन र प्रदेशसरकारको आगमनसँगै उत्साहित बनेका जनप्रतिनिधिहरु सरकारको काम गर्ने प्रक्रिया र स्थानीय निकाय सञ्चालनको लागि आवश्यक कर्मचारीको व्यवस्था हुन नसकेपछि पालिकास्तरबाट सञ्चालन हुने अधिकांश कामममा बाधा पुगेको खाँडादेवी गाउँपालिकाका प्रमुख प्रेम तामाङले बताउनुभयो ।
साविकको गाउँविकास समितिलाई वडा कार्यालयमा गाभेपछि अहिले उक्त वडाबाट हुने काम कारवाहीको दायरा बढेको छ । विकास निमार्णका गतिविधिदेखि स्वास्थ्य र शिक्षाको सवालमा पनि वडासम्मलाई अधिकार दिएको छ । तर, प्रदान गरिएको अधिकार कार्यान्वयनमा भने कर्मचारी अभावले समस्या भएको गाउँपालिकाका अध्यक्ष तामाङ बताउनुहुन्छ ।
तत्काल सरकारले यसको समाधान गर्न नसक्ने हो भने कर्मचारीको अभावमा विकास निमार्ण लगायत नागरिकहरुसँग सरोकार राख्ने कामको गतिमा निकै ढिलासुस्ती आउने अध्यक्षको भनाइ छ । पालिकास्तरमा मात्र नभएर वडामा काम गर्ने सचिवहरुको समेत त्यतिकै अभाव रहेको अध्यक्ष तामाङले बताउनुभयो ।
पटक–पटक स्थानीय विकास मन्त्रालय पुगेर आफूले कर्मचारीको व्यवस्था गर्न अनुरोध गर्दा पनि त्यसको कार्यान्वयन अहिलेसम्म हुन नसकेको तामाङले गुनासो गर्नुभयो ।
रामेछापमा २ वटा नगरपालिका र ६ वटा गाउँपालिका गरी ८ वटा स्थानीय निकाय रहेका छन् । ती सबै निकायहरुमा कर्मचारी अभाव रहेको छ । त्यसमध्येमा पनि गाउँपालिकाहरुको अवस्था झनै दयनिय रहेको जनप्रतिनिधिले गुनासो गरेका छन् ।
अहिले केवल ३ जना कर्मचारीको भरमा आफूले गाउँपालिका चलाइरहेको तामाङको भनाइ छ । नागरिकको काम प्रभावकारी नभएपछि आफूहरुप्रति नै नागरिकको विश्वास घटेको तामाङ बताउनुहुन्छ ।
खाँडादेवीका प्रेम तामाङ मात्रै हैन गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्गबहादुर सुनुवार पनि सरकारी रवैयाबाट वाकदिक्क भएका छन् । एकातिर जनस्तरमा पालिकाको नयाँ अनुभव अर्कातिर पालिका र वडाहरुबाट हुने काममा कर्मचारीको अभाव भएपछि जनस्तरमा हुने अधिकांश काममा अवरोध पुगेको उहाँको भनाइ छ ।
वडा र पालिकास्तरमा हुने कामको ढिलाईले जनस्तरमा संघियता विरुद्ध मनस्थीतीपो उत्पन्न हुने होकी भन्ने आंशका पैदा भएको सुनुवारको अनुभव छ । वडास्तरमा भएका वडा सचिवहरु पहुँचको आधारमा मन्त्रालय र अन्य मालवाला कार्यालयहरुमा काजमा वस्ने परम्परा अहिले पनि तोडिन सकेको छैन् । जसका कारण आफ्नो गाउँपालिकामा पनि सचिवहरुको खडेरी परेको सुनुवारको भनाई रहेको छ ।
अहिले वडा र पालिकास्तरमा देखिएको कर्मचारी अभाव नहटेसम्म संघीयता कार्यान्वयन र सरकारी लक्ष्य अनुसारको कामको तामेलीमा अपेक्षाकृत सुधार हुने अवस्था देखिएको छैन् ।
सम्बन्धित सामग्रीहरु
-
गाउँपालिका उपाध्यक्षले नै लगाइन् कार्यालयमा ताला
दैलेख, वैशाख १३ – दैलेखको नौमूले गाउँपालिकाकी उपाध्यक्ष अमृता सिंहले आफूलाई भूमिकाविहीन बनाइएको भन्दै तालाबन्दी गर्नुभएको छ ।
-
सत्य निरुपण तथा मेलमिलाप आयोग अध्यादेश २०७५ जारी
काठमाडौं, वैशाख १३ – राष्ट्रपति विद्यादेवी भण्डारीले वेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग पहिलो संशोधन अध्यादेश २०७५ जारी गर्नुभएको छ ।
-
कर्णाली प्रदेशको बजेट एक अर्ब दुई करोड (पूर्ण पाठसहित)
सुर्खेत, वैशाख १३ – कर्णाली सरकारले चालु आर्थिक वर्ष ०७४/७५ को बजेट प्रस्तुत गरेको छ ।
-
आक्रमणकारीको जरै उखेल्छौँ : गृहमन्त्री थापा
भक्तपुर, वैशाख १३ – गृहमन्त्री रामबहादुर थापा (बादल) ले देशमा शान्ति सुरक्षामा अवरोध पुर्याउने र आतंक फैलाउने जरै उखेल्ने बताउनु भएको छ ।
-
असारदेखि माइतीघर मण्डलामा पनि प्रदर्शन गर्न नपाइने
काठमाडौं, वैशाख १३ – जिल्ला प्रशासन कार्यालय काठमाडौंले यसअघिको निर्णय सच्याउँदै आउँदो जेठ मसान्तसम्म माइतीघर मण्डलामा प्रदर्शन गर्न छुट दिएको छ ।
-
गेल फर्किए, युवराजलाई आराम
वैशाख १३ – आईपीएलमा सनराईजर्स हैदराबादविरुद्धको आजको खेलमा किंग्स इलाभेन पन्जाबले टस जितेर बलिङ रोजेको छ ।
- ढाकाबाट आएका बस धुलिखेल पुगे
- गहभरी आँसु बनाउँदै गुरु कुमारले चेली कृपालाई बिदाई गरे
- पर्वतमा बस दुर्घटना : २१ जना घाइते
- नेपाल इञ्जिनियरिङ कलेजमा करोडौं अनियमितता : नेविसंघद्वारा आन्दोलनको घोषणा
- डेथ ओभरमा धेरै रन दिनु बलरहरुको अपराध : कोहली
- दिनभर खेतमा मुसा खोज्दै बस्ने बालबालिकालाई सुन्तलीले गरिन् विद्यालय भर्ना
- आईसीसीको सदस्य रहेका देशबीच हुने सबै टी–२० खेलले अन्तर्राष्ट्रिय मान्यता पाउने
- विश्वकप क्रिकेटको खेलतालिका सार्वजनिक, भारत र पाकिस्तानको खेल जुन १६ मा
- माइभ्याली गोल्डकप : पुलिसलाई हराउँदै थ्रीस्टार सेमिफाइनलमा
प्रतिक्रिया दिनुहोस