MENU

अन्तर्राष्ट्रिय

ujyaalo forign call inside

सिरिया युद्ध : सात वर्षका सात तस्बिर

वैशाख ३ – सिरिया युद्ध सुरु भएकाे आठ वर्ष भएकाे छ । युद्धको युद्ध अझै बल्झिरहेको छ । सात वर्षको गृह युद्धमा प्रवावित भएका नागरिकका ७ तस्बिरले युद्धको अवस्थालाई देखाएको छ ।

सन् २०११ मा सिरियाली नागरिक दक्षिण सिरियाको देरा शहरमा बसर अल असदको तानाशाही शासनको विरुद्धमा स्वतन्त्रको माग गर्दै

सन् २०१२ को जनावरी २३ मा एक सिरियाली बालक सिरियाको सरकारी सेनाको ध्वस्त भएका सवारी साधन अगाडि

सन् २०१३ को अगष्ट २१ मा सिरियाको दमास्कसमा बालबालिका अक्सिजनको मास्क लगाउँदै । अधिकारवादीका अनुसार सिरियाको दमास्करमा त्यसबेला रासायनिक ग्यासको आक्रमण भएको थियो ।

सन् २०१४ मार्च ९ मा आक्रमणमा बच्न सफल भएकी एक महिला बच्चा लिएर अस्पतालमा बस्दै, सिरियाका राष्ट्रपति बसर अल असद पक्षका लाडाकूले अलेप्पोमा खसाएको ब्यारेल बम आक्रमणमा परेकी एक महिला ।

सन् २०१५ को डिसेम्बरमा आन्तरिक रुपमा विस्थापित सिरियाका नागरिक युद्धबाट बच्न सिरियाको इदिलिब गाउँको ओम–अल–सिर गुफाभित्र

सन् २०१६ को डिसेम्बरमा सिरियाको अलेप्पोमा आक्रमणबाट क्षतविक्षत भएको ठाउँसँगै बच्चा बोक्ने जलेको स्ट्रोलर, सिरिया सरकारले आफ्नो नियन्त्रणमा लिएको अलेप्पोमा देखिएको तस्बिर

सन् २०१७ को डिसेम्बरमा सिरियाको दमास्कस नजिकै रहेको गुटामा कुपोषणबाट ग्रसित साढे २ वर्षको बालक

- अलजजिराबाट

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया