MENU

अर्थ

ujyaalo forign call inside

४५ किलोवाट क्षमताको लघु जलविद्युत आयोजना उद्घाटन

राजु लामिछाने /उज्यालो ।

रुकुम पश्चिम, चैत ३ – आठविसकोट नगरपालिका–९, स्थित गिजागार लघुविद्युत आयोजनाको उद्घाटन गरिएको छ ।

४५ किलोवाट क्षमताको गिजागार लघु जलविद्युत आयोजना सोमबार पूर्व गृहमन्त्री तथा उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले उद्घाटन गर्नुभएको हो ।  

पूर्व गृहमन्त्री तथा उर्जामन्त्री शर्माले आयोजनाको पावर हाउसमा रहेको स्वीच अन गरेर आयोजनाको उद्घाटन गर्नुभएको थियो । २०७४ को मंसिरदेखि निर्माण सुरु भएको यो आयोजनाको काम गएको चैत्र ३० गते सम्पन्न भएको हो । 

नगरपालिको ९४ लाख ८८ हजार ७ सय ७८ रुपैयाँमा आयोजनाको काम सम्पन्न गरेको हो । त्यस्तै आयोजनामा निर्माणमा कुल लागतको २० प्रतिशत स्थानीयले श्रमदान गरेको निर्माण उपभोक्ता समितिका अध्यक्ष गोर्कण चन्दले बताउनुभयो ।  

यस आयोजनाबाट आठबीसकोट नगरपालिका–९, का राडिबजार, गिजाहादी, नाउले, कुसुम लागायत ठाउँ झिलिमिलि भएका छन् । जलविद्युत आयोजनाबाट करिब ४ सय ५० घरधुरी लाभान्वित भएको नगरपालिकाले जनाएको छ ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया