MENU

बातावरण-कृषि

​केक काटेर रेडपाण्डाको जन्मोत्सव मनाइयो

रसुवा, वैशाख ३ – दुर्लभ वन्यजन्तु रेडपाण्डाको संरक्षणका लागि रसुवामा केक काटेर रेडपाण्डाको नवौँ औ जन्मोत्सव मनाइएको छ ।

नौलो तरिकाले वन्यजन्तुको जन्मदिन मनाउदा वन्यजन्तुको संरक्षणमा समेत सहयोग पुग्ने देखेपछि २०७२ सालदेखि रेडपाण्डाको जन्मोत्सव मनाउन सुरु गरिएको हो ।

२३ औ वन्यजन्तु सप्ताहको अवसरमा सञ्चालन गरिएको नवौँ जिल्लास्तरीय रेडपाण्डा ट्रफि भलिबल प्रतियोगिताको अवसरमा रसुवाका प्रदेश (ख) का सभासद प्रभात लामाले केके काटेर खेलको उद्धघाटन गर्नुभएको थियो ।

वैशाख १ गतेदेखि रसुवाको सदरमुकाम धुन्चेमा नवौँ रेडपाण्डा ट्रफि भलिबल प्रतियोगिता र छैठौँै लाङटाङ पर्यटन तथा संरक्षण उत्सव सञ्चालन भैरहेको छ ।जिल्ला समन्वय समिति, लाङटाङ राष्ट्रिय निकुञ्ज र लाङटाङ क्षेत्र संरक्षण सरोकार ल्याकोसले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरेका हुन् ।

कार्यक्रम सञ्चालन गर्न लाङटाङ राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र सहयोग आयोजनाले आर्थिक सहयोग गरेको छ । कार्यक्रमका लागि पाँच वटा गाउँपालिका, विभिन्न गैरसरकारी संस्था तथा जलविद्युत आयोजनाले सहयोग गरेका छन् ।

लाङटाङ राष्ट्रिय निकुञ्जमा ८० भन्दा बढी रेडपाण्डा रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीले बताउनुभयो । गएको वर्षदेखि सुरु भएको रेडपाण्डाको शुन्य चोरी सिकार वर्ष सफल भएको उहाँले जानकारी दिनुभयो ।

एक वर्षमा निकुञ्जमा रेडपाण्डाको चोरी सिकार नभएको प्रमुख संरक्षण अधिकृत रेग्मीको भनाइ छ ।  

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया