समाज
लुक्ला विमानस्थलमा डरलाग्दाे दुर्घटना टर्याे (भिडियाेसहित)
- Monday, Apr 16, 2018
- 17:54 PM ( 1 week ago )
- Total Views: 7.8 K
सोलुखुम्बु, वैशाख ३ – सोलुखुम्बुको लुक्ला विमानस्थलमा अवतरणका क्रममा जहाज दुर्घटना हुनबाट जोगिएको छ ।
समिट एयरको जहाज अवतरणका क्रममा दुर्घटना हुनबाट जोगिएको हो । अवतरणका क्रममा रन वेमा हिँड्दै गर्दा जहाजमा समस्या आएको लुक्ला विमानस्थलले जानकारी दिएको छ ।
रन वेमा केही दूरी पार गरेपछि जहाजको टायर लक भएको विमानस्थलका कर्मचारीले जानकारी दिए । सोलुखुम्बु विमानस्थलको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी दीपा कटुवालका अनुसार ओभरलोडका कारण अवतरणका क्रममा विमानमा समस्या देखिएको थियोे ।
रनवेमा जहाजमा समस्या देखिएपछि पाइलटले केहीबेरमा जहाज पार्किङस्थलमा पुर्याएका थिए । घटनाबारे समिट एयरले भने कुनै जानकारी दिएको छैन । जहाज अवतरणका क्रममा सामान्य गडवढी देखिए पनि दुर्घटना भने टरेको विमानस्थल सुरक्षामा खटिएका सुरक्षाकर्मी दिपा कटुवालले जानकारी दिनुभयो ।
सम्बन्धित सामग्रीहरु
-
ढाकाबाट आएका बस धुलिखेल पुगे
काठमाडौं, वैशाख १३ – झण्डै १२ सय किलोमिटर दूरी पार गर्दै बंगलादेशबाट दुई वटा यात्रुवाहक बस बिहीबार काठमाडौं हुँदै धुलिखेल पुगेका छन् ।
-
पर्वतमा बस दुर्घटना : २१ जना घाइते
पर्वत, वैशाख १३ – मोदी गाउँपालिका–५, बाउसेमा बिहीबार साँझ बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।
-
नेपाल इञ्जिनियरिङ कलेजमा करोडौं अनियमितता : नेविसंघद्वारा आन्दोलनको घोषणा
काठमाडौं, वैशाख १३ – भक्तपुरको चाँगुनारायणमा रहेको नेपाल इञ्जिनियरिङ कलेजमा विवाद देखिएको छ ।
-
दिनभर खेतमा मुसा खोज्दै बस्ने बालबालिकालाई सुन्तलीले गरिन् विद्यालय भर्ना
महोत्तरी, वैशाख १३ – दिनभर नै अरुको खेतमा भौतारिँदै मुसाको खोजी कार्य गर्ने तथा अरुको खेतमा गएर मजदुरी गर्ने एक सय भन्दा बढी बालबालिकाहरु बिहीबार सामुदायिक विद्यालयमा भर्ना भएका छन् ।
-
‘पाइलटलाई अनुशासनमा राख्नुस्, मुड चल्दा उडाउने, चलेन नउडाउने, यस्तो पनि हुन्छ ?’
काठमाडौं, वैशाख १३ – गएको चैत १६ गते १ सय दिनमा १८ वटा क्षेत्रमा १ सय १० वटा काम पूरा गर्ने कार्ययोजना सार्वजनिक गरेका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले बिहीबार प्रगति विवरण सार्वजनिक गर्नुभएको छ ।
-
गेल फर्किए, युवराजलाई आराम
वैशाख १३ – आईपीएलमा सनराईजर्स हैदराबादविरुद्धको आजको खेलमा किंग्स इलाभेन पन्जाबले टस जितेर बलिङ रोजेको छ ।
- ढाकाबाट आएका बस धुलिखेल पुगे
- गहभरी आँसु बनाउँदै गुरु कुमारले चेली कृपालाई बिदाई गरे
- पर्वतमा बस दुर्घटना : २१ जना घाइते
- नेपाल इञ्जिनियरिङ कलेजमा करोडौं अनियमितता : नेविसंघद्वारा आन्दोलनको घोषणा
- डेथ ओभरमा धेरै रन दिनु बलरहरुको अपराध : कोहली
- दिनभर खेतमा मुसा खोज्दै बस्ने बालबालिकालाई सुन्तलीले गरिन् विद्यालय भर्ना
- आईसीसीको सदस्य रहेका देशबीच हुने सबै टी–२० खेलले अन्तर्राष्ट्रिय मान्यता पाउने
- विश्वकप क्रिकेटको खेलतालिका सार्वजनिक, भारत र पाकिस्तानको खेल जुन १६ मा
- माइभ्याली गोल्डकप : पुलिसलाई हराउँदै थ्रीस्टार सेमिफाइनलमा
प्रतिक्रिया दिनुहोस