MENU

खेल

काठमाडौं ओपन चेस प्रतियोगितामा विदेशी खेलाडीकै अग्रता

काठमाडौं, वैशाख ३ – केएनपी काठमाडौं ओपन अन्तर्राष्ट्रिय जीएम चेस प्रतियोगिताको पाँचौं दिन पाँच विदेशी खेलाडीहरुले संयुक्त अग्रता हासिल गरेका छन् ।

होमल्याण्ड स्पोर्टस क्लबको आयोजनामा पार्क भिलेज बुढानिलकण्ठमा आयोजित प्रतियोगिताको सातौं चरणका खेल सकिँदा पाँच खेलाडीले ६ अंकसहित अग्रता बनाएका हुन् ।

सोमबार भएको सातौं चरणको खेलमा भारतीय दीप सेन गुप्ताले आफ्नै देशका ग्राण्डमास्टर श्रीराम झालाई पराजित गर्दै ६ अंक जोडे । त्यस्तै युक्रेनका ग्राण्डमास्टर तार्लेभ कन्स्टेन्टिनले भारतीय इन्टरनेशनल मास्टर प्रिन्स बजाजलाई हराए ।

अजरबैजानका ग्राण्डमास्टर मिर्जोभ अजरले भारतीय खेलाडी निराजन नभलगण्डलाई हराए । उनले पनि ६ अंक जोडे । बेलारुसका ग्राण्डमास्टर कास्पारोभ सर्गेइ भारतीय इन्टरनेशनल मास्टर पी श्यामनिखिलसँग पराजित भए । भारतकै इन्टरनेशनल मास्टर हर्ष भाराथाकोटीले पनि आफ्नै देशका प्रतिस्पर्धी शुभयान कुण्डुलाई पराजित गरी ६ अंकसहित संयुक्त अग्रता बनाए ।

सातौं चरणमा भारतीय ग्राण्डमास्टर सन्दिपन चन्दाले आफ्नै देशका इन्टरनेशनल मास्टर हिमाल गोसाइसँग बराबरी खेले । त्यस्तै इजरायली ग्राण्डमास्टर ग्रिनफिल्ड अलोनले भारतीय इन्टरनेशनल मास्छर पद्यिनी राउतसँग बराबरी खेले । चारै खेलाडीको ५.५ अंक भएको छ ।

प्रतियोगिताकै उच्च वरियाता (२५९८)का रुसी ग्राण्डमास्टर भोल्कोभ सर्गेइले सातौं चरणमा भारतीय इन्टरनेशनल मास्टर अनुप देशमुखलाई हराउँदै ५.५ अंक जोडे । भारतीय फिडेमास्टर अंकित गाज्वालाई हराउँदै रुसका ग्राण्डमास्टर फोमिनी अलेक्जान्दरले पनि ५.५ अंक जोडेका छन् ।

भारतीय खेलाडीहरु श्रीजित पल र सप्तोर्षी गुप्ताले पनि आ–आफ्नो खेलमा जित हासिल गर्दै ५.५ अंक जोडे । सातौं चरणमा नेपाली क्याण्डिडेडमास्टर विवेक थिङले नेपालकै पुरुपोत्तम चौलागाईंर्ला हराउँदै ५ अंक बनाए ।

अर्का नेपाली क्याण्डिडेडमास्टर राजेन्द्र राजभण्डारी भारतीय खेलाडी प्रतीक पाटिलसँग पराजित भए । त्यस्तै राजन पुरीले पनि भारतीय खेलाडी कुस्तुभ कुण्डुसँग पराजय ब्यहोरे । नेपाली फिडेमास्टर रुपेश जयसवालले सातौं चरणमा भारतीय खेलाडी सायान्तन चन्द्रालाई पराजित गरी ५ अंक जोडे ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया