MENU

राजनीति

ujyaalo forign call inside

प्रदेश ​दुईमा जन्मिने बित्तिकै छोरीको बीमा, महिला हिंसाविरुद्ध कडा कानुन बनाइने

शैलैन्द्र महतो/उज्यालो ।

धनुषा, वैशाख ३ – प्रदेश नम्बर २ को सरकारको ०७४/०७५ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ ।

सोमबार दिउँसो सवा १ बजेबाट बसेको प्रदेश सरकारको नीति तथा कार्यक्रमलाई नेपाली कांग्रेस बाहेक सबै दलले समर्थन गरेका थिए ।  गएको चैत २८ गते प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम विधेक पेश गर्नुभएको थियो ।

सत्तासीन दल संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालको संयुक्त सरकारले प्रदेशसभा बैठकमा पेश गरेको २० पृष्ठमा समेटिएको ६० बुँदे नीति तथा कार्यक्रमलाई प्रमुख प्रतिपक्षी दल वाम गठबन्धनले समेत समर्थन जनाएको थियो । प्रदेश सांसदहरुले बहुमत जनाएपछि प्रदेश सभामुख सरोजकुमार यादवले प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गर्नुभएको हो ।

ती नीति तथा कार्यक्रम उपर सोमबारको प्रदेशसभा बेठकमा छलफल भएको थियो । बैठकमा बोल्ने अधिकांश प्रदेश सांसदहरुले प्रदेश सरकारको नीति कार्यक्रम समग्रमा राम्रो भए पनि केही कुराहरु छुटेकाले समेट्न आग्रह गरेका छन् ।

प्रदेश सरकारले नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई जोड दिएको छ । कृषिलाई यस प्रदेशको मुख्य आधारसिलाको रुपमा कम ब्याजदरमा ऋण, स्थानीय आवश्यकता अनुसार सिंचाइको व्यवस्था, कृषकले खोजेको बेला उन्नत बीउबीजन, रसायनिक मल, यन्त्र–उपकरण, किटनाशक औषधी तथा प्राविधिक तालिमको सहज उपलब्धता गराई बजार पहुँचलाई सुनिश्चित गर्न प्रदेश सरकारले नीति कार्यक्रममा विशेष जोड दिएको छ ।

‘मुख्यमन्त्री बेटी बचाउ बेटी पढाउ’ अभियान अन्तर्गत छोरी जन्मने बित्तीकै बीमा कम्पनीसँगको साझेदारीमा छोरीहरुको शिक्षा बीमाको नीति ल्याउने र लिंग पहिचान गरी भ्रुणमै छोरी हत्या गर्नेलाई कडा कानुनी कार्वाही गर्न कानुन बनाउने प्रदेश सरकारले नीति लिएको छ । यस्तै, महिला माथि हुने हिंसा रोक्न कडा कानुन बनाउने र बनाएका कार्यक्रमहरुको नजिकबाट निगारानी गर्न महिला सुरक्षा डेस्क खडा गर्ने छ ।

सरकारको नीति कार्यक्रममा शिक्षा, स्वास्थ्य, सडक , बन्द उद्योगहरु सञ्चालन , पर्यटकीय स्थल बनाउन धामिर्क क्षेत्रहरुको संरक्षण सम्वर्धनलगायतमा जोड दिएको छ । सोमबार प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित गर्दै प्रदेशसभा बैठक मंगलबार दिउँसो २ बजेसम्मको लागि स्थगित भएको छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया