MENU

खेल

आईपीएल : कोलकाताले पूर्व कप्तान गौतम गम्भीरलाई कसरी स्वागत गर्ला ?

वैशाख ३ – लगातार दुई खेल हारेको इन्डियन प्रिमियर लिगको दुई पल्टको च्याम्पियन कोलकाता नाइटराडर्सले आज राति पूर्व कप्तान गौतम गम्भीरको टोली दिल्ली डेयरडेभिल्ससँग प्रतिस्पर्धा गर्दैछ । 

अहिले दिल्लीका कप्तान रहेका गौतम गम्भीरले कोलकाता नाइटराइडर्सलाई सन् २०१२ र २०१४ मा उपाधि दिलाएका थिए । 

इडेन गार्डेनमा हुने आजको खेलमा गौतम गम्भीरको एक किसिमको घरफिर्ती नै हुनेछ । इडेन गार्डेनमा गौतम गम्भीरका लागि उठ्ने आवाज अब उनको पक्षमा उठ्ने हो कि होइन भन्ने हेर्न बाँकी छ । दुई पल्ट कोलकातालाई च्याम्पियन बनाएका गौतम गम्भीरका प्रशसंक इडेन गार्डेनमा प्रशस्त भेटिनेछन् । डिफेन्डिङ च्याम्पियन मुम्बईलाई हराएर आत्मविश्वास बलियो बनाएको दिल्लीले कोलकातालाई हराएर प्लेअफमा पुग्ने बाटो बनाउन चाहन्छ । 

दिल्लीले पछिल्लो खेलमा मुम्बईलाई अन्तिम बलमा ७ विकेटले हराएको थियो । त्यसैले उसमा आत्मविश्वास देखिन्छ । दिनेश कार्तिकको कप्तानीमा रहेको कोलकाता नाइटराइडर्सका सामु दिल्लीका ओपनर जेसोन रोयलाई रोक्न निकै कठिन हुनेछ । उनले मुम्बईसँगको खेलमा ५३ बलमा ६ छक्का र ६ चौकासहित ९१ रन बनाएका थिए । कोलकाताका लागि ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गरे बलरमा समस्या देखिने पनि बलरले राम्रो गरे ब्याटिङमा समस्या देखिने गरेको छ । 

 खेल नेपाली समयअनुसार सवा अाठ बजे सुरु हुनेछ । दिल्लीले टस जितेर पहिले फिल्डिङ राेजेकाे छ ।

यस्ताे छ दुवै टिम

दिल्ली डेयरडेभिल्स  : गौतम गम्भीर (कप्तान), जेसन रोय, ऋषभ पन्त (विकेटकीपर), ग्लेन म्याक्सवेल, श्रेयस अय्यर, विजय शकंर, क्रिस मोरिस, राहुल तेवतिया, शहबाज नदीम, मोहम्मद शमी, ट्रेंट बाउल्ट

कोलकाता नाइटराइडर्स : दिनेश कार्तिक (कप्तान), क्रिस लिन, सुनील नारायण, रोबिन उथप्पा, नितीश राणा, शुबमन गिल, आन्द्रे रसेल शिवम मावी, टम कुरान, पीयूष चावला, कुलदीप यादव

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया